
दमौली ,८ असोज ।
गीतकार सागर उदाशको शब्द रचना रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो तयार भएको छ । भिडियोको शुक्रबार युवटुबबाट रिलिज गरिने भएको छ ।
भिडियोको मोडल सुदिप पौडेलले निर्देशन गरेका छन् । यो पौडेलले गरेको निर्देशनको दोस्रो भिडियो हो । यस अघि उनले ‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा निर्देशन गरेका थिए । संगीतकार हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको श्वर रहेको छ । पहाडकी रानी बन्दिपुर लगायत विभिन्न रमणीय स्थानमा छायांकन गरिएको निर्देशक पौडेलले जानकारी दिए ।
भिडियोमा आरभी सुनाम र सिमरन श्रेष्ठको अभिनय रहेको छ । भिडियो हाल अष्ट्रेलिया निवासी सुमन क्षेत्रीको लगानीमा निर्माण भएको हो । भिडियोको कोरियोग्राफी बबिता थापाका रहेको छ । हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायांकन र सम्पादन रमेश शर्माले गरेका छन् । रोशन शर्माको एसोसियट निर्देशनमा तयार भिडियोले सबैको मन जित्ने विश्वास लिइएको छ । मोफसलमा रहेर कमल चलाई रहेका गीतकार उदाशका तनहुँ स्थित गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुन् ।