सत्तासिन जनप्रतिनिधीको आतंक बन्द गर्न स्कुल अफ डेमोक्रेसी तनहुँको माग

दमौली , ८ असोज । तनहुँमा केन्द्र तथा प्रदेशमा निर्वाचित सत्तासिन नेकपाका जनप्रतिनिधीको आतंक बन्द गर्न स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाले माग गरेको छ ।


स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष डम्बर बहादुुुर अधिकारीले एक विज्ञप्ती जारी गरी सो माग गरेका हुन् । अध्यक्ष अधिकारीद्धारा जारी विज्ञप्तीमा पछिल्लो समयमा सत्तासिन नेकपाका केही जनप्रतिनिधीले प्रशासन ,प्रहरी र स्थानीय तहका कर्मचारीलाई आतंकित बनाउने क्रियाकलाप गरेको विषय बाहिर आएको हुँदा त्यस किसिमका क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।अन्यथा सत्तासिन नेकपाका जनप्रतिनिधीहरुले गरेका क्रियाकलापहरुलाई सार्वजनिक गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै सत्तासिन नेकपाका निर्वाचित जनप्र्रतिनिधीहरुबाट भईरहेको भ्रममा नपर्न समेत स्कुल अफ डेमोक्रेसी नेपालले जिल्लाबासीलाई अपिल गरेको छ ।

त्यस्तै सत्ताको ताबेदारी गर्दै जिल्लाका केही सरकारी कार्यालयहरुबाट सत्तामा नरहेका राजनीतिक दल , विभिन्न संघ संस्थाहरु र व्यक्तिहरुलाई प्र्रदान गरिने सेवा प्रवाहमा विभेदकारी नीति अपनाईएको विषय प्रति जारी विज्ञप्तीमा गम्भिर आपत्ति जनाईएको छ । जारी विज्ञप्तीमा लोकतान्त्रिक मूल्य मान्यता विपरित जिल्लामा कुनै किसिमका क्रियाकलाप भएमा स्वीकार्य नहुने समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s