सञ्चालनमा आउन थाले व्यास नगरपालिकाका विद्यालयहरु

अमरराज नहर्की
दमौली ,८ असोज ।
व्यास नगरपालिकाका विद्यालयहरु सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा आउन थालेका छन् ।
नगरपालिकाले विद्यालय सुरु गर्ने मापदण्ड तयारी गरी पठन पाठन सूचारु गर्न निर्देशन दिए सँगै सञ्चालनमा आउन थालेका हुन् । छ दिन भित्र सञ्चालनमा ल्याउने कार्य योजना बनाई नगरपालिकाको शिक्षा शाखाबाट अनुमोदन गराउन नगरपालिकाले निर्देशन दिएको हो ।


प्रार्थना, भिडभाड, खेलकुद जस्ता गतिविधी नगरी एउटा कक्षामा बढीमा २५ राखी सञ्चालन गर्ने मापदण्ड बनाई सूचारु गर्न भनेका छौं । व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मीले सेतीमादीसँग भने । असोज १२ गते देखि सञ्चालन गर्नु पर्ने भनिएको र ग्रामिण क्षेत्रमा न्यून संख्यामा विद्यार्थी भएको स्थानका विद्यालयहरु सञ्चालनमा आई सकेको रेग्मीले बताए । मंगलबार नगरपालिकामा नगर प्रमुख वैकुष्ठ न्यौपानको उपस्थितीमा ७५ वटा सामुदायिक र ४५ वटा सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग बैठक बसि संघीय सरकारले जारी गरेको सिकाई निर्देशिका अनुसार सञ्चालनमा ल्याउन भनिएको शिक्षा शाखाले जनाएको छ ।
शाखाका अनुसार भीडभाड कम गर्नको लागि विहान, दिउँसो र बेलुका गरी तीन चरणमा पठन पाठन गर्न पाईने भएको छ । नगरपालिकाले विद्यालय सञ्चालन गर्ने सकिने मापदण्ड बनाई स्थानीय राजपत्रमा सूचना प्रकाशित गरिसकिएको छ । परिचालन कार्य, गृहकार्य, लगायतका शिक्षण कार्यमा व्यतित गर्ने समयमा प्रधानाध्यापककोे नेतृत्वमा विद्यालय सञ्चालन गर्न भनिएको छ । व्यास नगरपालिकका कति पय विद्यालय भने गत असार देखि नै अनलाईनबाट पठन पाठन गरिरहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s