भानु र बन्दिपुरबासीलाई खुसीको विषय

भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा वृहत खानेपानी आयोजना निर्माण अगाडि बढ्ने भएको छ । संघीय सरकार अन्र्तगत खानेपानी आयोजना विभाग जलवायु अनुकुल ठूला आयोजना अन्र्तगत निर्माण कार्य अगाडि बढाईएको दुबै स्थानको आयोजनाको वृहत सर्वेक्षण कार्य समेत अगाडि बढि रहेको छ । आयोजनाको सर्वेक्षणमा जुटेका टोली प्रमुख इन्जिनियर सुरेश लौडारीले जानकारी दिए अनुसार सर्वेक्षण कार्य कार्तिकको मसान्त भित्र सम्पन्न भई मंसिर देखि आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ । जुन आयोजना निर्माणका लागि काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले समेत सुरु देखि पहल गरिराखेका छन् । त्यस्तै आयोजनाका काम कार्वाही अगाडि बढाउन आयोजना प्रमुख सूर्य कंडेल, सिनियर डिभिजनल इन्जिनियर रामेश्वर घिमिरे र टोली प्रमुख लौडारीको समेत विशेष योगदान रहेको छ । आयोजना निर्माणका लागि ज–जसले आफ्नो क्षेत्रबाट योगदान पुरयाएका छन् । त्यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ ।

भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा हेर्ने भने खानेपानीको निकै समस्या रहेको छ । अझै पनि स्थानीयहरु एक गाग्री पानी लिनका लागि घण्टौं धारा, कुवा, खोला, नदीमा धाउनु पर्ने अवस्था रहेको छ । त्यसमा पनि शुद्ध पानी पाउने निकै कठिन रहेको छ । आजको समयमा पनि एक गाग्री पानी लिनका घण्टौं समय खर्च गर्नुपर्ने अवस्था रहनु अत्यन्त लज्जाको विषय हो । तसर्थ भानु र बन्दिपुरबासीले भोग्दै आउनु परेको समस्यालाई मध्यनजर गर्दै जुन किसिमको वृहत खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाईएको छ । त्यसलाई जतिसक्दो छिटो सम्पन्न गर्ने विषयमा ध्यान दिनु जरुरी छ । हेरौं, यस तर्फ अवश्य पनि सरोकारवालाहरुको ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s