सांसद श्रेष्ठले झुटो प्रचार गरेको भन्दै खानेपानीका अध्यक्ष अधिकारीद्धारा आपत्ति

डुम्रे ,७ असोज ।
तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले झुटो प्रचार गरेको भन्दै छाप नाहाला खानेपानी आयोजना का अध्यक्ष परशुराम अधिकारीले गम्भीर आपत्ति जनाएका छन् ।
सांसद श्रेष्ठले छाप नाहाला खानेपानी आयोजनाका लागि दुई करोड बजेट पारेको भन्दै प्रचार गर्दै हिडेको खानेपानीका अध्यक्ष अधिकारीले बताएका छन् । अध्यक्ष अधिकारीले आर्थिक वर्ष २०७६÷२०७७ र आर्थिक बर्ष २०७७ ÷०७८ मा छाप नाहाला खानेपानी आयोजनाका लागि कहि कतैबाट पनि बजेट प्राप्त नभएको हुँदा भ्रम नपर्न उपभोक्ता र स्थानीयलाई अपिल गरेका छन् । यस विषयमा सांसद श्रेष्ठलाई सम्र्पक गर्न पटक–पटक फोन गर्दा पनि फोन नउठाएको समेत अध्यक्ष अधिकारीले बताए ।


पछिल्लो समय सांसद श्रेष्ठले तनहुँ जिल्लामा अघिल्ला सरकारका पालामा र क्रमाङग रुपमा आएका बजेट आफू ल्याएको भन्दै प्रचारबाजी गर्न लगाएको विषय नेकपा भित्र समेत आलोचना हुन थालेको छ । सांसद श्रेष्ठको उक्त गलत प्रचारबाजीले नेकपालाई समेत क्षति पुगेको स्वंय नेकपाका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s