भानु र बन्दीपुरमा वृहत खानेपानी आयोजना निर्माणका लागि सर्वेक्षण हुँदै

दमौली ,७ असोज ।
भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा वृहत खानेपानी आयोजना निर्माण कार्य अगाडि बढेको छ ।
ति दुबै खानेपानी आयोजनाको वृहत सर्वेक्षण कार्य भईरहेको छ । दुबै आयोजनाको वृहत सर्वेक्षण निर्माण कार्यमा जुटेका तनहुँको पुर्कोट घर भएका आयोजनाका टोली प्रमुख इन्जिनियर सुरेश लौडारीले जानकारी दिएअनुसार वृहत सर्वेक्षण कार्य अन्तिम चरणमा पुगेको छ । इन्जिनियर लौडारी कार्तिक मसान्त सम्म वृहत सर्वेक्षण सम्पन्न भई मंसिर पुस देखि निर्माण कार्य अगाडि बढाउने तयारी भईरहेको बताउँछन् ।


खासगरी भानु र बन्दिपुर क्षेत्रमा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मन्त्री भए देखि नै पहल कदम अगाडि बढाएको र सोही अनुरुप आयोजनाको काम अगाडि बढि रहेको इन्जिनियर लौडारीले बताए । त्यस्तै आफूले समेत भानु र बन्दिपुरमा खानेपानी आयोजना निर्माणका लागि सक्दो प्रयत्न गरिरहेको इन्जिनियर लौडारीले बताए । इन्जिनियर लौडारीका अनुसार भानु नगरपालिकाको वृहत खानेपानी आयोजना निर्माणका लागि झण्डै एक अर्ब खर्च हुने अनुमान गरिएको छ भने खानेपानी आयोजनाबाट भानु नगरपालिकाको वडा नं ७,९, १० र ११ का १ हजार ८ सय ५० घरधुरी प्रत्यक्ष रुपमा लाभन्वित हुनेछन् । त्यस्तै बन्दिपुरको खानेपानी आयोजना निर्माणका लागि समेत ६० देखि ७० करोड रुपैयाँको हाराहारीमा खर्च हुने छ । उक्त आयोनजा मार्फत १ हजार भन्दा बढी घर परिवार प्रत्यक्ष रुपमा लाभन्वित हुने छन् । दुबै आयोजनाका लािग ५÷५ करोड बजेट विनियोजन भएको छ । दुबै आयोजना संघीय सरकार अन्र्तगत खानेपानी आयोजना विभाग जलवायु अनुकुल ठूला खानेपानी आयोजना अन्र्तगत निर्माण हुन लागेको हो । आयोजनाको प्रमुखमा सूर्य कंडेल र सिनियर डिभिजनल इन्जिनियरमा रामेश्वर घिमिरे रहेका छन् । त्यसैगरी भानु नगरपालिकामा आयोजनाको काम अगाडि बढाउन भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेबाट समेत सक्दो सहयोग मिलिरहेको टोली प्रमुख इन्जिनियर पौडेलले बताए ।


भानु र बन्दिपुरका स्थानीय वासिन्दाले खानेपानीका लागि निकै समस्या भोग्नुपरेको विषयलाई मध्यनजर गर्दै ति दुबै स्थानमा वृहत खानेपानीको आयोजना अगाडि बढाउन आफूले विगतमा भूमिका निर्वाह गरेको र आयोजना सम्पन्न नहुँदा सम्म निरन्तर भूमिका निर्वाह गर्ने के.स. भण्डारी बताउँछन् । यि दुबै आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने वातावरण सबै पक्षले निर्माण गर्नुपर्नेमा समेत पूर्वमन्त्री भण्डारीले जोड दिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s