बिचौलीयाको अन्त्य गर्न सके कृषक धनी हुने

अमरराज नहर्की
दमौली ,७ असोज ।
बिचौलियाले गर्दा मर्का परेको किसानहरुले गुनासो गरेका छन् । कृषि तथा पशु पालन सम्बन्धि दमौलीमा गरिएको सार्वजानिकीकरण कार्यक्रममा सिधै उपभोक्ता समक्ष पु¥याउने वातावरण बनाउन तीन तहकै सरकारले ध्यान नदिएको गुनासो कृषकले गरे ।
व्यास नगरपालिका–५ मा व्यवसायिक रुपमा आलु खेती गर्ने विश्वराज खनालले नाफा जति बिचौलियाले खाने गरेकोले किसान धनी हुन नसकेको गुनासो गरे । किसानले सिधै उपभोक्ता समक्ष पु¥याउने वातावरण बनाउने हो भने किसान र उपभोक्ता दुवैलाई फाईदा हुने बताए । किसानले प्रति किलो १० रुपियाँका बिक्री मुलाको उपभोक्ताले ७० रुपियाँमा किन्नु परेको छ किसान पनि सस्तोमा बेच्नु पर्दा धनी भएन उपभोक्तालाई पनि महंगोमा किन्नु परेको छ नाफा जति विचका व्यापारीलाई हुन्छ ।’ खनालले भने ।


कार्यक्रममा कतिपय कृषकले सहुलियत दरको ऋण पाउने नीति गत व्यवस्था भएपनि प्रक्रिया सरल नहुँदा किसानले फाईदा लिन नसकेको पनि गुनासो गरेका थिए भने कतिपयले हाई वे आसपासका जग्गा धितो राखेर मात्रै किसानले ऋण पाउने अवस्था भएकोले ग्रामिण क्षेत्रका किसानले फाईदा लिन नसकेको पनि गुनासो गरेका थिए । कार्यक्रममा व्यास नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठले भएका हाट बजार पनि बन्द हुँदै गएको उल्लेख गर्दै मुख्य मुख्य बजार क्षेत्रहरुमा हाट बजार सञ्चालन गर्दा किसान र उपभोक्ता दुवैलाई फाईदा पुग्ने धारणा राखे । आपूmले पनि व्यवसायिक रुपमा कुखुरा पालन गरेको जानकारी दिँदै श्रेष्ठले चल्ला, दाना र उत्पादन गरेको कुखुरामा पनि बिचौलीलाले नाफा खाएकोले कृषक सधैं मर्कामा परेको बताए । ‘सप्रियो भने नुनतेल, विग्रियो भने घर खेत भने जस्तै कुखुरा पालक कृषकको अवस्था छ ।’ श्रेष्ठले भने ।


कार्यक्रममा कतिपय कृषकले जोत्ने लागत घटाउन साना हाते ट्याक्टरमा मात्रै नभई ठूला ट्याक्टर खरीदमा पनि अनुदानको व्यवस्था हुनु पर्ने माग पनि राखेका थिए । गाउँ÷गाउँमा मोटर बाटो पुगेकोले पनि ट्याक्टले जोत्ने क्षेत्रफल बढाउन सकिने किसानको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कृषकलाई आधुनिक उपकरण वितरण गर्ने कार्य स्थानीय तहका सरकारलाई जिम्मा लगाउँदा उपयुक्त हुने धारणा राखे ।
कसैले एक पटक पनि नपाउने कसैले दुई पटक पाउने जस्ता समस्या समाधान गर्न स्थानीय तहलाई जिम्मा दिँदा उपयुक्त हुने हुन्छ वाग्लेले भने प्रदेश स्तरीय कार्यालयले विशेषज्ञ सेवा पु¥याउन काम गर्दा सहज हुन्छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कृषकको समस्या समाधानको लागि सबैपक्षसँग समन्वय गरी पहल कदमी गर्ने बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पिएल श्रेष्ठले कृषि क्षेत्रलाई वजेटमा प्राथमिकता दिन सरकारको ध्यान आर्कषण गराईने बताए


कृषकका लागि २९ करोड बजेट
तनहुँमा चालु आर्थिक वर्षको लागि तनहुँ स्थित दुई कार्यालयबाट तनहुँ र नवलपुरका कृषकका २९ करोड ५३ लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश मातहतका कृषि ज्ञान केन्द्र तनहुँ र र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्पmत उक्त वजेट विनियोजन भएको दमौलीमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा जानकारी दिईयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले १२ करोड १९ लाख ७ हजार रुपियाँको बजेट पशुपालन सम्बन्धि छुट्टाईएको जानकारी दिए । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले १७ करोड ३४ लाख ६ हजार रुपियाँ बजेट कृषि क्षेत्रको लागि विनियोजन गरेको जानकारी दिए । कार्यक्रमको सहजिकरण कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s