
दमौली,७ असोज ।
नेपाली काग्रेस व्यास नगर कार्य समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।
नगर सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा बसेको बैठकले वडा कार्य समितिबाट संकलन भएका २ हजार १ सय ७० क्रियाशिल सदस्यता स्वीकृत गरी माथिल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, जिल्ला सचिव विश्व वास्तोला, सह—सचिव केशबहादुर सुनार लगायतले पार्टी संगठन मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।