कृषि ज्ञानकेन्द्रले बनायो खेर गएको जमिनमा प्रयोगशाला

दमौली ,६ असोज ।
कृषि ज्ञान केन्द्र तनहुँद्धारा कृषि उत्पादनको प्रयोगशाला निर्माण गरिएको छ ।
कार्यालय परिसरमा रहेको झाडी मौलाउँदा सर्प लुक्ने ठाउँ बनेको जमिनलाई सदुपयोग गर्दै प्रयोगशाला बनाईएको हो ।
कार्यालयमा ज्ञान लिन आउने कृषकलाई आधुनिक तथा वैज्ञानिक खेती सम्बन्धी जानकारी प्रदान गर्नको लागि सहज बनाउन प्रयोगशाला निर्माण गरिएको केन्द्रले जनाएको छ । ‘‘कार्यालयको नाम नै ज्ञान केन्द्र हो ज्ञान दिनु पर्छ भनेर स्थापना गरेका हौं, अझ पहिले झाडी हुँदा कार्यालय परिशरमा नै सर्प आएर टोक्ने डर थियो त्यो पनि हटेको छ ।’ कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले भने । प्रयोगशाला कार्यालयको पछाडी रहेको दक्षिणपट्टीको भू–भागमा करिव पाँच रोपनी जमिनमा बनाईएको छ । प्रयोगशाला निर्माणको लागि गत वर्ष गण्डकी प्रदेश सरकारबाट प्राप्त सहयोगबाट एउटा चार लाख र अर्को डेढ लाख गरी पाँच लाख ५० हजारमा दुई वटा वातावरण अनुकुलको हाईटेक नर्सरी बनाईएको कार्यालय प्रमुख तिवारीले बताए ।


‘‘अहिले कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै बालीनालीमा नयाँ÷नयाँ रोग र कीराको प्रकोप बढ्दै गएको छ हामीले यहाँ परिक्षण गरेर कृषकलाई सिफारिस गछौं तिवारीले भने, यसरी काम गर्दा कृषकको लगानी डुब्दैन’’ । रोग र किराको उपचार तथा त्यसको उचित व्यवस्थापनका लागि विगतका दिनमा प्रवाह हुँदै आएको सेवामा थप प्रभावकारी बनाउन विशेषज्ञ सेवा प्रवाह गर्न केन्द्र स्थापना गरिएकोले प्रयोगशाला निमार्ण गरिएको केन्द्रले जनाएको छ ।


नयाँ÷नयाँ वैज्ञानिक प्रविधि र कृषियन्त्रको विकासले आम्दानी बढाउने अवसर भएकोले प्रयोग शाला बनाईएको हो । नेपालका ग्रामीण भेगका अधिकांश किसानले अहिले पनि परम्परागत रुपमा खेती गरिरहेका छन् । कृषि सम्बन्धी आधुनिक यन्त्रको पहुँच बढाउँदै आधुनिक प्रविधिबाट खेती गर्न कृषकलाई सहयोग गर्ने केन्द्रको उद्देश्य र लक्ष्य छ । प्रयोगशाबाट कृषकले आधुनिक प्रविधिको ज्ञान हासिल गर्नसक्ने र उन्नत आधुनिक प्रविधिबाट खेती गरी सुधार ल्याउने योजना केन्द्रको छ ।


‘पहिले हामीले परिक्षण गछौं त्यस पछि कुन प्रविधि राम्रो भनेर सिफारिस गर्छौ यसरी गर्दा किसानको लगानी जोखिममा पर्दैन’’ तिवारीले भने । चालु आर्थिक वर्ष देखि उन्नत जातका गोलभेडा, काउली, खुर्सानीको खेती प्रयोगशालामा परीक्षण भईरहेको कार्यालयले जनाएको छ । झाडी रहेको ठाउँमा प्रयोग शाला बने पछि कार्यालय आर्कषण पनि देखिएको छ । कार्यालयले परिशरको अगाडिको भागमा पूmलको बगैचा पनि निमार्ण गरिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s