एक दिनमा २५ फरार अभियुक्त समातिए

दमौली ,६ असोज ।
तनहुँ प्रहरीले एकै दिनमा आईतबार २५ जना फरार अभियुक्त समातेको छ ।
एक साता अघि भदौ २९ गते पनि तनहुँ प्रहरीले ३५ जना फरार अभियुक्त पक्राउ गरेको थियो । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकीङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानी लगायत मुद्धामा फरार ति अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तनहुँ जिल्ला स्थायी ठेगाना भएका ति अभियुक्तबाट ५० रुपैयाँ देखि ५२ हजार रुपैयाँ सम्म जरिवाना र दुई महिना देखि एक वर्ष १ महिना कैद भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईबाट एकै दिनमा उक्त सङ्ख्यामा पक्राउ परेका हुन् ।


फरार अभियुक्त धेरै समाप्त सफल भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलको सर्वत्र प्रशंसा भएको छ । तनहुँ प्रहरीको तथ्याङ्कमा गत वर्ष १७ जना मात्रै फरार अभियुक्त पक्राउ गरेको देखिएको छ । तर हाल छोटो समयमा नै धेरै समातिय पछि चर्चामा आएका एसपी पौडेलले यसपछि कता आँखा लगाउने हो भन्ने चासो पनि बढेको छ ।


‘अपराध गर्नेहरु निस्फिक्री हिड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावानाको विकास हुन्छ, त्यसलाई अत्य गर्न अभियानकै रुपमा टोली परिचालन गर्दा उनीहरु समातिएका हुन्’, एसपी पौडेलले बताए । एसपी पौडेल असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट तनहुँमा आएका थिए । शुक्लागण्डकी नगरपालिकाका फरार एक व्यक्तिलाई साउन १६ गते समाते यता असोज ४ गते सम्म गरी तीन महिना पुरा नहुँदै १३५ जना फरार अभियुक्त पक्राउ परेको प्रहरीको तथ्याङ्कमा देखिएको छ । असारमा नौ, श्रावणमा ४५, भदौमा ५५ र असोजमा ४ गते सम्म २५ गरी १३५ अभियुक्त समातिएको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
दण्डहिनताको भावाना नहोस् र ढिलै भएपनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश दिन सक्रियता बढाईएको एसपी पौडेलको भनाई छ । पक्राउ पर्नेमा २० वर्षदेखि फरार रहेका समेत छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s