
भानु नगरपालिकाको केन्द्र विवाद लामो समय देखि विवादितै बन्दै आईरहेको छ । त्यसमा पनि असोज १ गते देखि नयाँ शहरीको भवनबाट सेवा प्रवाह गरे सगै थप विवाद उत्पन्न हुन पुगेको छ । खासगरी नया सहरीको भवनबाट कुन—कुन सेवा प्रवाह भन्ने विषय एकिन नहुँदा थप विवाद उत्पन्न हुन पुगेको हो । हुन त नगर कार्यपालिकाको बैठकले तत्कालै नयाँ शहरीबाट केन्द्र सञ्चालन गर्ने ठोस निर्णय गरेको छैन । तरपनि असोज १ गते देखि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु फुस्रेटार गएको अवस्था छैन । जसले गर्दा स्थानीय झन सशंक्तित हुन पुगेका छन् । केन्द्र स्थान्तरण भएको भन्दै स्थानीयहरु एकातिर सशंक्तित छन् भने नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु असुरक्षाका कारण फुस्रेटारमा जाने अवस्था नरहेको तर्क अगाडि सारि रहेका छन् । तर स्थानीयहरु भने आफूहरुबाट कुनै असुरक्षा नरहेको बताई रहेका छन् ।
त्यतिमात्र होइन भानु नगरपालिकाको केन्द्र स्थान्तरणको विषयलाई भानुमा राजनीतिक दल नेपाली काग्रेस र नेकपा भित्र समेत असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन् । यहाँसम्मकि पार्टी परिवर्तन देखि पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा सम्म भईरहेका छन् । अझ विवाद बढ्दै जाँदा दुबै राजनीतिक दल भित्र ठूलै भूकम्प जाने अवस्था समेत रहेको छ । जुन सम्बन्धित राजनीतिक दलका लागि समेत घातक विषय हो । तसर्थ भानुको केन्द्र स्थान्तरणको विषयमा सम्वेदनशील हुने विषयमा स्थानीय देखि राजनीतिक दलहरुको ध्यान पुग्नु जरुरी देखिन्छ ।
सेतीमादी सम्पादकीय