दमौली , ५ असोज । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिले सोमबार आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेललाई खबरदारी गरेको छ ।

नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङ सहित तरुण दल र नेपाली काग्रेसका स्थानीय नेताहरुको टोली प्रमुख प्रशासकीय अधिकृत पोखरेलको कार्यकक्षमा पुगि खबरदारी गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेल सत्ताधारी नेकपाको ईशारामा चलेको भन्दै खबरदारी गरिएको नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष विजय गुरुङले बताए । प्रमुख प्रशासकीय अधिकृत कुनै दल विशेषसंग नजिक नभई निष्पक्ष भएर काम गर्ने हो अध्यक्ष गुरुङले भने । यस किसिमका कार्यहरु आगामी दिनमा दोहोरिएर तरुण दललाई स्वीकार्य नहुने समेत अध्यक्ष गुरुङको भनाई थियो । खबरदारीको लागि गएको तरुण दलको टोली संग प्रमुख प्रशासकीय अधिकृत पोखरेलले तरुण दलले दिएको सुझाव आफूले ग्रहण गर्ने बताएका थिए ।त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले आफू कुनै दल निकट नभई निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।