शैक्षिक क्षेत्रमा निर्मल माविको अतुलनीय योगदान

निर्मल माध्यमिक विद्यालयको तनहुँको शैक्षिक क्षेत्रमा विशेष योगदान रहेको छ । वि.स.२०२५ सालमा बन्दिपुरबाट दमौली सदरमुकाम दमौली स्थान्तरण भए लगत्तै स्थापना भएको यो विद्यालयले सिङ्गो जिल्लामा शिक्षाको ज्योती फैलाउने काम गरेको छ । जसका कारण जिल्लाको शैक्षिक स्तर आजको अवस्थामा पुगेको छ । जिल्लाबासीका लागि यो गौरवको विषय हो । निर्मल माध्यमिक विद्यालयको शैक्षिक क्षेत्रमा मात्र नभई प्रजातन्त्र स्थापनामा समेत महत्वपूर्ण योगदान पुर्याएको अवस्था छ । यद्यपी यतिखेर भने निर्मल माध्यमिक विद्यालय शैक्षिक गतिविधीलाई निकै महत्व दिदै आईरहेको छ । त्यसमा पनि विद्यालयले प्रविधि मैत्री शैक्षिक गतिविधीलाई विशेष महत्व दिईरहेको छ । विद्यालयले दिएको जानकारी अनुसार विद्यालय प्र्रविधि मैत्री बनाउने क्रममा प्राजेक्टरको माध्यमबाट पठनपाठन देखि, पठनपाठन सिसि टिभिको माध्यमबाट अनुगमन गर्ने कार्य हुने गरेको छ । त्यस्तै भर्चुअल कक्षा सञ्ञ्चालन देखि पछिल्लो समय प्राविधिक शिक्षामा समेत विशेष प्राथमिकता दिई राखेको अवस्था छ ।

यसरी प्राथमिकता दिने क्रममा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पठन पाठन कार्य समेत अगाडि बढि रहेको छ । जुन कार्यले यस क्षेत्रमा प्राविधिक शिक्षाको क्षेत्रमा नया आयम थप्ने कार्य गरेको छ । यो कार्य अत्यन्त सह्रनीय छ । आफ्नो स्थापना काल देखि विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा जुन हिसाबले योगदान पुर्याउँदै आईरहेको छ । उक्त कार्य अत्यन्त सह्रानीय छ । विद्यालयले पुर्याउँदै आएको सह्रानीय कार्यको जिल्लाबासी समेत उच्च हिसाबले मूल्याङकन गरी निर्मल माध्यमिक विद्यालयको शैक्षिक स्तर उकास्न अझ सहयोग गर्नुपर्ने देखिन्छ । आशा गरौं, यस विषयमा अवश्य पनि ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s