‘माला लगाएर मात्र सिंह प्रति सम्मान नहुने’ सर्वोच्च कमाण्डर सिंहलाई आक्रमण गर्ने मण्डलेहरु क्रान्तिकारी कम्युनिष्ट– सभापति न्यौपाने

दमौली ,४ असोज ।
प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर गणेशमान सिंह प्रति माला लगाएर मात्रै सम्मान नहुनेमा नेताहरुले जोड दिएका छन् ।
गणेशमान अध्ययन अनुसन्धान तथा पार्क स्मृति संरक्षण समिति, दमौलीले शुक्रबार दमौलीमा व्यास नगरपालिका–२ गणेशमान चोकमा आयोजना गरेको सिंहको २३ औं स्मृती सभामा बोल्नेक्रममा नेताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अमरराज कैनीले स्मृति दिवसमा गणेशमान सिंहलाई माला लगाएर मात्रै सम्मान नहुने उल्लेख गर्दै गणेशमानले नेपाली राजनीतिमा दिनुभएको त्याग र बलिदानीलाई सम्झिनु पर्ने बताए । साथै उनले प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर भएर पनि सिंहले कहिल्यै पदको लोभ नगरेको बताए । ‘सिंहले सभापति, महामन्त्री, केन्द्रीय सदस्य, प्रधानमन्त्री र मन्त्री पनि मागेनन् नेता भनेको त्यस्तो त्यागी हुनुपर्छ ।’ कैनीले भने ।


त्यस्तै कार्यक्रममा नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई आक्रमण गर्ने मण्डलेहरु यतिखेर क्रान्तिकारी कम्युनिष्ट भएको बताएका छन् ।
तिनै क्रान्तिकारीहरु अहिले चर्का चर्का भाषण गर्दै हिड्ने गरेका छन् सभापति न्यौपानेले भने । त्यसक्रममा सभापति न्यौपानेले सिंहले देखाएको बाटोमा सबै काग्रेस कार्यकर्ता एक भएर हिड्नु पर्नेमा समेत जोड दिएका थिए ।


त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले गणेशमानले देखाएको बाटो छोड्दा कांग्रेसको यो हविगति भएको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका वरिष्ठ नेता समेत रहेका प्रा.डा. कृष्णप्रसाद गौतमले राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार सत्तामा पुगेको र व्यवहारमा भने भारतसँग लम्पसार परिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली लेण्डुप दोर्जेको दोस्रो अवतार भएको समेत गौतमको भनाई थियो । कार्यक्रम पार्क स्मृति समितिका उपाध्यक्ष रामचन्द्र बस्नेतको अध्यतामा भएका थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, पार्क सचिव समुन्द्र गोदार लगायतका वक्तहरुले सिंहको त्याग र बलिदानीलाई नेपाली जनता र हालका नेतागणले कहिल्यै भुल्न नहुने कुरामा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s