भानु नगरपालिकाको केन्द्र फुस्रेटारबाटै सञ्चालन गरिनुपर्ने माग संघर्ष समितिको माग

दमौली , ४ असोज । भानु नगरपालिकाको केन्द्र फुस्रेटारबाटै सञ्चालन गरिनुपर्ने माग संघर्ष समितिले गरेको छ ।

असोज १ गते देखि भानु नगरपालिकाको केन्द्र नयाँ शहरीको कार्यालयबाट सेवा प्रवाह गरे लगत्तै सघर्ष समितिले सो माग गरेका हुन् । सघर्ष समितिले आइतबार फुस्रेटारमा पत्रकार सम्मेल आयोजना गरि केन्द्रले फुस्रेटारबाट सञ्चालन गर्नुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलन बोल्दै वार्ता समितिका संयोजक सहदेव अधिकारीले केन्द्र सार्ने निर्णय अवैधानिक ,निरङकुश ,जनविरोधी भएको हुँदा वदर गर्नुपर्ने माग गरेका थिए । त्यस्तै वार्ता समिति संयोजक अधिकारीले फुस्रेटारबाट तत्काल सेवा प्रदान गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

त्यस्तै भानु नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुनबहादुर खड्काले केन्द्र सार्ने निर्णय स्थानीयका लागि कुनै पनि हालतमा स्वीकार्र्य विषय नभएको बताएका थिए । सुरक्षाको अभाव नगरप्रमुख उदयराज गौली गौली कार्यालय आउनु भएको छैन त्यो अत्यन्त गैरजिम्मेवारी पूर्ण कार्य हो । नगरप्रमुख गौली पूर्ण रुपमा सुरक्षा दिन आफू सहित वडावासी तयार रहेको समेत वडा अध्यक्ष खड्काले बताए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेका बाबुराम वि.क.ले नेकपाले आफूहरुको भावना माथि कुठाराघात गरेको बताएका थिए ।नेकपाको त्यो कदम आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने समेत वि.क.को भनाई थियो । त्यसैगरी नेकपाको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका शिवबहादुर खड्काले पनि नेकपाको कदमले स्थानीय माथि ठूलो घात भएको बताएका थिए । नेकपाको तर्फबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले वडा नं २ बासीले दिएको मतको पूर्ण अपमान गरेको बताएका थिए ।नेकपाको गलत निर्णयका कारण आफूहरु स्वतन्त्र हुने निर्णय गर्न बाध्य भएको बताएका थिए ।

सघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस वडा नं २ का सभापति नविनराज दाहाल र नेकपाका नगर सदस्य तोरण अधिकारीले समेत नगरको केन्द्र स्थान्तरण गर्ने विषय तत्काल सच्याउनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा नेकपाका जिल्ला सदस्य बाबुराम ,वि.क., नगर सदस्य तोरण अधिकारी , नगर सदस्य भक्तबहादुर कुँवर ,वडा अध्यक्षका उम्मेदवार शिवबहादुर खड्का , नगर सदस्य आशा कुमाल, वडा पार्टी सदस्य सीता अधिकारी , पार्टी वडा सदस्य मीनाकुमारी श्रेष्ठ ,वडा पार्टी सदस्य कुमारी गुरुङ, वडा पार्टी सदस्य तुलबहादुर कुमाल , नेकपा नगर सदस्य कमल मजकोटी , रामजी श्रेष्ठ साधारण सदस्यले पार्टी सदस्य परित्याग गरी स्वतन्त्र रुपमा बस्ने घोषणा गरेका थिए । पार्टी परित्याग गरेकाहरुले वडा नं २ बाट ९० प्रतिशत बढी नेकपा नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्ने घोषणा समेत गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s