माला लगाएर मात्रा सिंह प्रति सम्मान हुँदैन –पूर्व केन्द्रीय सदस्य कैनी

दमौली, २ असोज ।
प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर गणेशमान सिंहको योगदानलाई माला लगाएर मात्रै सिमित नर्गन वक्ताहरुले जोड दिएका छन् ।

गणेशमान अध्ययन अनुसन्धान तथा पार्क स्मृति संरक्षण समिति, दमौलीले व्यास नगरपालिका–२ गणेशमानचोकमा आयोजना गरेको सिंहको ३२ औं स्मृति सभाको उपलक्ष्यमा वक्ताहरुले जोड दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अमरराज कैनीले स्मृति दिवसमा गणेशमानलाई माला लगाएर मात्रै सम्मान नहुने उल्लेख गर्दै गणेशमानले नेपाली राजनीतिमा दिनु भएको त्याग र बलिदानीलाई सम्झिनु पर्ने बताए । साथै उनले प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर भएर पनि सिंहले कहिल्यै पदको लोभ नगरेको बताए । ‘सिंहले केन्द्रीय सदस्य पनि मागेनन् नेता भनेको यस्तो त्यागी हुनुपर्छ ।’ कैनीले भने .

कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहेका प्रा.डा. कृष्णप्रसाद गौतमले राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार सत्तामा पुगेको र व्यवहारमा भने भारतसँग लम्पसार परिरहेको आरोप लगाए । कार्यक्रम पार्क स्मृति समितिका उपाध्यक्ष रामचन्द्र बस्नेतको अध्यतामा भएका थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, पार्क सचिव समुन्द्र गोदार लगायतका वक्तहरुले सिंहको त्याग र बलिदानीलाई नेपाली जनता र हालका नेतागणले कहिल्यै भुल्न नहुने कुरामा जोड दिएका थिए ।

गणेशमानलाई आक्रमण गर्नेहरु क्रान्तिकारी कम्युनिष्ट –सभापति न्यौपाने
दमौली , २ असोज । नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई आक्रमण गर्नेहरु यतिखेर क्रान्तिकारी कम्युनिष्ट भएर आदर्शका कुरा गर्न थालेको बताएका छन् ।
आदर्शका कुरा गर्दै हिड्नेहरु देखि होशियारी हुनुपर्ने बेला आएको समेत सभापति न्यौपानेको भनाई थियो । त्यस्तै लौह पुरुष गणेशमान सिंहले देखाएको बाटो सबै अवलम्बन गर्नुपर्ने सभापति न्यौपानेको भनाई थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s