प्रविधि मैत्री बन्दै निर्मल माध्यामिक विद्यालय

अमरराज नहर्की
दमौली, २ असोज । नमुना विद्यालयको रुपमा विकास गर्न नेपाल सरकारबाट छनोट परेको व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालय प्रविधि मैत्री बन्दै गएको छ ।

विद्यालय प्र्रविधि मैत्री बन्दै गएसगै विद्यालयमा प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ भने व्यवस्थापन पक्षले पठन÷पाठनलाई सिसिटिभी क्यामेराबाट अनुगमन गर्ने गरेको छ । विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले २५ लाख रुपैयाँ आर्थिक सहयोगमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिदिएपछि ‘‘भर्चुअल’’ कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । ‘अनलाईनबाट पठन÷पाठनको लागि एक साता सम्म विद्यालयका शिक्षकलाई सूचना प्रविधि तालिम प्रदान गरिसकेका छौं ।’ प्रअ बस्नेतलेले भने ।

प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटर, सिसि क्यामेराहरु, इन्भटर, साउण्ड सिष्टम, प्रोजेक्टर प्राप्त भएको विद्यालयले जनाएको छ । सो विद्यालयले मल्टी मिडियाको प्रयोगबाट उपल्लो कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल माथिल्लो कक्षालाई मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरेका छाँै भविश्यमा प्राथमिक तहका कक्षामा पनि प्रयोग गरिने कम्प्युटर शिक्षक दीपक पन्थले भने ।


प्राविधिक शिक्षा विद्यार्थीको रोजाईमा पर्दै विद्यालयले रोजगार मुलक प्राविधिक शिक्षालाई जोड दिएको छ । प्राविधिक शिक्षा विद्यार्थीको रोजाईमा पर्दै गएको प्रअ बस्नेत बताउँछन् । रोजगार मुलक शिक्षामा कानुन, एजुकेशन शिक्षा, डिप्लोमा इन सिभिल इन्जिनियरिङमा पठाई हुन्छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङमा विद्यालयले भर्ना खुला गरेको छ । साथै विद्यालयले कक्षा ११ मा व्यवस्थापन, शिक्षा, कानुन विषयमा पनि भर्ना खुलेको छ ।

कोभिड १९ को प्रभावबाट सुरक्षित रहन सुरक्षाका मापदण्ड अपनाई बैकल्पिक विधिमा अनलाईन र अन्य प्रकृया अपनाईने विद्यालयले जनाएको छ । बेरोजगार उत्पादन गर्ने पाठशाला हुनु हुँदैन भनेर प्राविधिक शिक्षाको पठन÷पाठन थालिएको प्रधानाध्यापक बस्नेतले बताए । तीन वर्ष अघि स्विकृत भई दुई वर्ष अघि देखि विद्यालयले प्राविधिक विषयमा पठन पाठन शुरु गरेको विद्यालयले जनाएको छ ।

नमुना विद्यालय बनाउन अहोरात्र खट्दै बस्नेत
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रधानाध्यापक बस्नेत तथा व्यवस्थापन समिति र शिक्षक तथा कर्मचारीहरु अनवरत मेहनत गरेका छन् । प्रधानाध्यापक बस्नेत रातदिन नभनि अहोरात्र खटिरहेका छन् ।
विद्यालय समय बाहेक साँझ र विहानमा समेत प्रअ बस्नेत काम गर्ने गरेका छन् । एक जुट भएर खट्न सकेकाले विद्यालयलाई २०७४ साल असारमा नेपाल सरकारले नमुना विद्यालयको रुपमा विकास गरी भौतिक निमार्ण शैक्षिक व्यवस्थापनमा सहयोग गरिरहेको छ । १ करोड ५० लाख रुपैयाँ प्राप्त भई ८ कोठे भवन निमार्ण कार्य अन्तिम चरणमा पुगको विद्यालयले जनाएको छ । यसैगरी विद्यालयलाई युवा तथा खेलकुद मन्त्रालयबाट बास्केट बल कोट निमार्ण भईरहेको प्रअ बस्नेतले जानकारी दिए ।

विद्यार्थीलाई राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालनमा गर्ने मिल्ने किसिमको निमार्ण गरिएको उनले जानकारी दिए । विद्यालयको ११४ रोपनी जग्गा रहेको छ जसमध्ये विद्यालय परिशर ६४ रोपनी क्षेत्रफलमा रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s