नेपाली कांग्रेसमा नेतृत्वको खोजी

राजेन्द्र जमरकट्टेल
भन्ने गरिन्छ, नीतिहरु मध्येको सर्वोत्कृष्ट नीति नै राजनीति हो । राजनीतिबाट नै सामाजिक रुपान्तरण को सम्भव र विकासको विश्वासको आधारशिलाको जग निर्माण हुन्छ, कयौ राजनीतिशात्री र दर्शनशात्री हरुले प्रतिपादन गरेका छन यस कुराको । आधुनिक युगको शुरुवात सगै विश्व समाजले अनेकौ राजनीति परिवर्तनको नया नया आभाष गरिरहयो । कहिले वर्ग शत्रु, कहिले भुगोल र सिमा, कहिले लैङ्गिक अधिकारको नाम मा त कहिले जात जाती र रड्ग विभेद को नाम त, कहिले समानता, असमानता विभेदको नाममा भएका क्रान्ति र आन्दोलनले समाजको संमरचना को रुप रड्ग, प्रकृति फेरिरहयो ।

 यो समय सापेक्ष परिवर्तन सगै समाजको तत्कालिन आवाश्कता, त्यही सामाजिक बनोटमा भएको सोचको ढाककचा अनुरुपको बनोट मा रुपान्तारित राजनीतिक र सामाजिक विचारमा समाज परिमार्जित हुदै गए, यही विश्व आन्दोलनको प्रभाब र आयतन मा नेपाल र हाम्रो नेपाली समाज पनि अछुतो रहेन पक्कै पनि ।

 बिगतलाई अध्यन गर्दा नेपाल ले पनि सामाजिक परिवर्तनमा, राज्य र जनता बिचको बिभेदको असहमताको लडाई, शिक्षा र स्वास्थ्य मा आम जनताको पहुचको आवाश्कता  को लडाई, भूमि माथि को एकाधिकारको लडाई मा विर्ता उन्मुलन र जोत्ने अधिकारको लडाई, जात जाती छुवाछुत को र लैड्गिक विभेद को लडाईमा कानुनी अधिकारको लडाई, वाक स्वतन्त्रता र नागरिक अधिकारको लागी पटक पटक प्रजातन्त्र प्राप्तिको लडाईबाट आजको मौलिक लोकतान्त्रिक ब्यबस्था उपलब्धीको रुपमा स्थापित भएको छ । 

   तर पनि नेपालमा २००७ सालको राजनितिक परिर्वतन पछि स्थापित भएको बिकास र समाज को अबधारणा प्रतिपादन गर्दै, वि पी कोईरालाको नेतृत्वकाल मा नेपाली काग्रेसले २०१२ सालमा प्रजातान्त्रिक समाजवादको अबधारणा एजेन्डा को रुपमा स्थापित गराएको थियो, साथै २०१५ साल को निर्वाचित सरकार ले समाजबादी कार्यक्रमको रुपमा केही आशालाग्दा र जनमास ले अनुभुति गर्ने काम पनि गरेको थियो । तत्कालिन सरकारको छोटो समय युगका बाबजुत गरिएको प्रयासले नेपाली समाजको आजको चारित्रीक अवस्थामा अझै पनि समाजवादलाई आवाश्कता महशुस गराउदै    नेपालका राजनितिक पार्टीले सपना बाडिरहेका छन । त्यसैले हरेक पार्टी अनेक उपसर्ग जोडी आफूलाई समाजवादी सावित गर्न लालहित छन ।

         नेपाली काग्रेस पार्टी को विधानमा पनि राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्त मा अडिएर न्यायपूर्ण र गतिशिल समाजको निर्माण को लक्ष्य निर्धारण गरेको छ, तर पनि लोकतन्त्र र राष्ट्रियतामा जति काग्रेस स्पष्ट देखिन्छ तेति नै समाजवादको व्याख्या गर्न सकिरहेको छैन की ?

  अहिले आएर नेपाली राजनीतिको समिक्षा गर्दै गर्दा लोकतन्त्र र समाजवादमा सबैको लक्ष्य र गन्तव्य कोरिएको छ । सबैले आफ्ना आफ्ना शब्दावली  र उपसर्ग लगाएर परिभाषित गरेर नेपाली राजनितीलाई आफ्नो बागडोर डोराउन लालहित छन, अहिले आएर समाजवाद यस्तो बस्त्र बनिरहेको छ जुन शक्तिले  पहिरिए पनि हुने जस्तो कालो भादगाउँले टोपी जस्तै बिचमा चिरेर लगाए काग्रेस, नचिरी लगाए नेकपा, निधार छोप्ने गरि लगाए शाही शक्ति, टोपी जस्तै समाजवाद को रुप पनि तेस्तै बनिरहेको छ ।

 जब नागरिक स्वतन्त्र, सिर्जनशिल बनेर आफ्नो विवेक पूर्ण रुपमा प्रयोग गर्न सक्छ तब मात्र समाजवादको महत्व बुझ्दै लोकतान्त्रीक व्यवस्थाको हिमायाती को रुपमा आफूले आफैलाई ग्रहण गर्दै अनुभूति गर्न पाउछ तब राज्य ले पनि मौलिक समाजवादी विकासको खाका कोर्दै परिकृत बैज्ञानिक शिक्षाप्रणाली सगै नागरिक उच्चताको विकास गरि, जनता मा कर्माचारी तन्त्र र न्यायपालिकाको भरोसा बिकास गर्न सक्छ । त्यही दिन मात्र नेपाली जनताले लोकतान्त्रिक समाजवादी देशको नागरिकको अनुभुत र पहिचान प्राप्त गर्नेछन ।

  २०१७ सालको प्रतिगामी कदमपछि को नेपाली काग्रेस पूर्णत प्रजातन्त्रको पुर्नस्थापनामा केन्द्रित रहन गयो । यस बिचमा समाजबादी बिकासको अवधारणामा बहस र समय पाउन सकेन, २०४६ सालको परिवर्तन पछि विश्व अर्थ राजनीति व्यवस्थाको प्रभावले होला समाजवादी विकासको अवधारणा बाट नजिकन सकेन ।

  खुला अर्थतन्त्र र छिमेकी उदाउदा दुई मुलकको आर्थिक बृद्धि दरको प्रभावले होला अर्थतन्त्रमा खुलानिती अपनाउदै बजार माथी सरकारी नियन्त्रण र स्वामित्व        बजारमै छोडदै आर्थिक बृद्धिदर          ८.५ पु¥याएको थियो । विकासमा आर्थिक सुचाड्कको उकालो लाग्दै गर्दा शिक्षा, संचार खानेपानी,    स्वास्थ्य र सडकमार्ग सन्जालमा  ठूलै आशा लाग्दा परिवर्तन देखिएका थिए। 

 तर २०५२ साल पछि जंगलमा लागेको डडेलो जस्तै गरि फैलिएको माओवादी क्रान्तिको उदण्डताले विकास निर्माणको संरचनामा डडेलो नै लागेजस्तो भयो, न नव निर्माण हुन सके न निर्माण भएका संरचना जिवित रहन नै पाए । जनता विकासमा राहतको महसुस गर्न नपाउदै विधौषक तरिकाले गाउँबस्ती उजाडी, त्रास उत्पन्न गरी देश आताङकको आहालमा डुब्न विवस भयो ।

  देशले आर्थिक प्रगतिको कालो बादल प्रचण्डपथ २०५२ साल देखी २०६२ सालसम्म नेपाली आकाशमा मडारि रहयो । एकदशक पछाडी धकलिएको नेपालको विकास अझै लोकतन्त्र उदयसगै तगरिन न सकिरहेको अवस्थामा तातेताते गर्दै चलायामान हुदै थियो । हालको कोरोना जरजर प्रभाब विश्व नै थलिन पुग्यो, नेपालको आर्थिक तन्त्र पनि यसबाट नराम्रोसग शिथिल बन्दै गईरहेको छ ।

  नेपालको आर्थिक मेरुदण्ड को रुपमा रहेको रेमिटेन्सले केही         हद सम्म नागरिकको बिहान बेलुकी घरको अ‍ैइनो बालिरहेको छ जेनतेन छाकटारिरहेको पनि छ । विश्व बजारमा रोजगारीको अवस्था घटेपनि, विकसित र समाजवादी र नागरिक उच्चता रहेका  मुलक मा प्रदान गरिएको राहत र बैकिड सुविधाले गर्दा नेपाली व्यसायी र मजदुर, विद्यार्थी ले पाएका  राहतबाट  रेमिटेन्स ले राहत महशुस गर्न सकिरहेको छ । भने अर्को तर्फ बाँझा खेतबारीले  पुर्नजन्म पाएका छन, करेसाबारी युग फेरी शुरु भएको छ । बजार आश्रित सोच बाट बाध्यताले मानिस र समाज लाई उत्पादनमा लगलशील बनाएको छ । यो कोरोना युग पछिको बाध्यतात्मक परिवर्तन हो, मूलत जीवनशैली र आचरणसगै समाजिक बनोट र सामाजिक तौर तरिकामा परिवर्तन गर्न हामी र हाम्रो समाज बाध्य भएका छौ ।

सम्भवत राजनीतिले नै समाजको मार्गचित्र कोर्ने गर्छ तर अहिले राजनीति कोभिडको चालमा परिमार्जित हुदै चलायमान हुन परेको छ नेपालकै सन्दर्भमा भन्नु पर्दा नेपाली काग्रेस पार्टी अधिवेशनको संघारमा पुगीसक्दा पनि बैकल्पिक बाटोको खोजी नगरी पुरानै संरचना र तौरतरिकालाई कुरी समय र साईत सार्न ललायित छ । कसरी यस युग र प्रभावमा पार्टीलाई समय अनुकुल बनाउन सकिन्छ भनेर खोजी गर्न सकिरहेको छैन, झर्ला र खाउला भन्ने उखान कै बाटोमा छन । कोराना   प्रभाव सकिएला र नया नेतृत्व चुनौला भन्ने छ, प्रविधिको खोजी जुटसकिरहेको  छैन । दैनिक जसो बिभिन्न नाम र संरचना बनाई जुम मिटिङ गरी उही अभिव्यक्ती सधै जसो दो¥याईरहेका छन सबै आन्दोलनले खारिएका युवा देखी जेलकै कोठरीमा परिपक्क बनेका नेतृत्व पनि ।

 यसको मतलब कोभिडले सिकाएको अनुसासन, प्रयोगबादी दैनिकी, आचरण, समदुरी जस्ता सामजिक चेतना नेपालका राजनीतिक चरित्रले आफ्नो जिवन प्रणालीमा परिवर्तन गर्न इच्छा शक्ति देखाउन सकिरहेका छैनन् । संगठनको ढाँचामा उही नवितनम खोजी र प्रविधीको प्रयोग कतै चुकिरहेका त होईन,       सोच्न पर्ने बेला भएको छ, समयलाई दोष दिएर भाग्न उचित पक्कै होईन । समय सगै चल्न समय अनुकुल बन्न सिकौ र  त्यस्तै समाजको निर्माण गर्न प्रेरित गरौ, सुधार राजनीतिबाटै गरौ तबमात्र समाजवाद सम्भव       होला ।

 नेपाली काग्रेस पार्टी अब त्यही पुरानो मनोबिज्ञानबाट रुपान्तरण हुन जरुरी छ, नीति विहिन नेतृत्व पनि अर्थहिन हुनसक्छ समय अनुकुल परिमार्जन र आन्तरिक लोकतन्त्रको विश्वासनीय आधार निर्माण नभए सगठनमा पालुवा लाग्दैन ।
 कर्मकाण्डी ढंगबाट चल्दै जाने व्यवस्थापन शुद्धता नखोज्ने हो भने आर्यघाटको रोजाई हुनसक्छ । जनताको समर्थनको नैतिकतालाई उपयोग गरि लोकको सेवा राजनीति मा परिणत गर्न सकिन्न पार्टी पनि सामाजिक रुपान्तरणको वाहक बन्न सक्दैन ।

 अबको नेपाली काग्रेस प्रगतिशिल जुझारु, सघर्षशील इतिहास बोक्दै अघि बढनु पर्छ । काग्रेसको विभिन्न आन्दोलनमा शाहदत प्राप्त गर्ने हुन या नेपाली काग्रेस को शासनकाल मा जनमुखी विकास बनाउने मिसनमा बलिदान गर्ने अदम्य साहस र समपर्ण गर्दै आफू मरेर पनि पार्टीको जग निर्माण गरिदिने तमाम सहिदहरुको तागत को सम्मान गर्न नेपाली काग्रेस चुक्नु हुदैन ! चुकिरहेको छ ! अहिले नेतृत्वको मानसिकता कतै साघुरो बन्दै  गईरहेको त छैन, जसले गाँउको मन र केन्द्रको सोचमा साम्पियता देख्छ भोलीको नेतृत्व लायक पनि उही हुन्छ, नीति र नेतृत्व व्यक्तिको होईन बिचारको हुन्छ तब मात्र समाजमा आशाका किरण देखिन थाल्छ र नेपाली काग्रेस जनताको भरोषा केन्द्र बन्न सक्छ ।

(लेखक नेपाली कांग्रेस १३ औ महाधिबेशन प्रतिनिधी नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष हुन ।)


(लेखक नेपाली कांग्रेस १३ औ महाधिबेशन प्रतिनिधी नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष हुन ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s