भानु नगरपालिकाको केन्द्र स्थान्तरण गर्ने विषयमा शहरी विकास मन्त्रालयको जनता झुक्याउने निर्णय

दमौली ,३० भदौ ।
भानु नगरपालिकाको केन्द्र स्थान्तरणको विषयमा शहरी विकास मन्त्रालयले जनता झुक्याउने हिसाबले पत्रचार गरेको छ ।
केन्द्र स्थान्तरणको विषयमा क्याविनेटले नै निर्णय गर्नुपर्ने भएपनि शहरी विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय पठाएर जनता झुक्याउने काम गरिएको हो । शहरी विकास मन्त्रालयद्धारा पठाईएको पत्रमा आयोजनाले सो भवन अधिकतमा ३ बर्षका लागि नगरपालिकाले समेत प्रयोग गर्ने गरी उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै मन्त्रालयद्धारा पठाईएको पत्रमा दुई तलाको भवनको भूई तल्ला नगरपालिकाले प्रयोग गर्ने र पहिलो तल्ला नयाँ शहर आयोजना प्रयोग गर्ने तथा कार्यलय प्रयोग गर्दाको धारा, बिजुली, लगायत भवन सञ्चालन खर्च नगरपालिकाले बेर्होने समेत उल्लेख गरिएको छ । त्यस्तै पत्रचारमा नगरपालिकाले कार्य प्रवाहले आयोजनाको कार्य प्रवाहित हुन नहुने, नगरपालिकालाई भवन उपलब्ध गराउँदा आयोजना कार्यालयका कर्मचारी, आवास, प्रयोजनका लागि अन्यत्र बस्नुपर्ने परिस्थिती आउने भएकोले नगरपालिकाको कर्मचारीको आवासको भाडा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।


शहरी विकास मन्त्रालयले जुन किसिमको पत्राचार गरेको छ त्यो केन्द्रको समस्या समधान गर्ने खालको भन्दा पनि विवाद सिर्जना खालको देखिन्छ । यदि स्थायी रुपमा केन्द्र साना शहरीको भवनमा राख्ने उदेश्य हुँदो हो त शहरी विकास मन्त्रालयले यस किसिमले अवश्य पत्राचार गर्ने देखिदैन थियो ।


काग्रेसको वदनाम गर्ने नियत
यसैबीच सर्त राखेर केन्द्र स्थान्तरणका लागि भवन उपलब्ध गराएको शहरी विकास मन्त्रालयको उक्त पत्रले काग्रेस पार्टीलाई बदनाम गर्ने हिसाबले पठाईएको जिल्लाका काग्रेसका नेताहरुको भनाई छ ।
गुपचुप हिसाबले केन्द्र सार्ने तयारी
यसैबीच गुपचुपमा रुपमा भानु नगरपालिकाको केन्द्र सार्ने तयारी भईरहेको बुझिएको छ । यसरी केन्द्र सार्ने क्रममा केही कागजपत्र सारिएको समेत बुझिन आएको छ ।
तीन बर्ष पछि कता लैजाने ?
यसैबीच भैसी गोठ सारे जसरी सार्न खोजिएको भानु नगरपालिकाका केन्द्र तीन बर्ष कता लैजाने भनेर प्रश्न उठ्न थालेको छ । केन्द्र स्थान्तरण गर्दा यस्तो अपरिपक्व हिसाबले गर्न नहुने वहस समेत सुरु हुन थालेको छ । साना सहरीको भवनमा केन्द्र स्थान्तरण गर्दै गर्दा पनि क्याविनेटले निर्णय गरी पूर्ण रुपमा स्वामित्व हुने गरी निर्णय गर्नु धेरैको बुझाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s