तनहुँ प्रहरीद्धारा ८१ दिनमा १०८ फरार अभियुक्त पक्राउ

दमौली ,३० भदौ ।
तनहुँ प्रहरीले ८१ दिनमा १ सय ८ जना फरार अभियुक्त समातेको छ । असारमा नौ, श्रावणमा ४५, भदौ २८ सम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकीङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा दवानी लगायत मुद्धामा फरार ति अभियुक्त पक्राउ परेका हुन् ।


एकै दिनमै ३५ फरार अभियुक्त पक्राउ परे
तनहुँ प्रहरीले एकै दिनमा आईतबार ३५ जना फरार अभियुक्त समाप्त सफल भएको छ ।
तनहुँ स्थायी ठेगाना भएका ति अभियुक्तबाट दुई सय देखि दुई लाख रुपैयाँ सम्म गरी ४ लाख १६ हजार ३२५ रुपैयाँ भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईबाट एकै दिनमा उक्त सङ्ख्यामा पक्राउ परेका हुन् ।’ प्रवक्ता तिमिल्सिनाले बताए ।


चर्चामा एसपी पौडेल
छोटो समयमा नै धेरै अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलको सवत्र चर्चा भएको छ । तनहुँ प्रहरीले अब कता आँखा लगाउने हो भन्ने चासो पनि जिल्ला बासीलाई भएको छ ।
‘अपराध गर्नेहरु निस्फिक्री हिड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावना को विकास हुन्छ, त्यसलाई अत्य गर्न अभियानकै रुपमा टोली परिचालन गर्दा उनीहरु समातीएका हुन्’, एसपी पौडेलले सेतीमादीलाई बताए । एसपी पौडेल असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट तनहुँमा आएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s