दमौली , ३० भदौ ।
नेपाली काग्रेस तनहुँले भानु नगरपालिकाको केन्द्र स्थान्तरणको विषयमा पार्टीको धारणा सार्वजनिक गरेको छ ।

नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेद्धारा जारी विज्ञप्तीमा राजपत्रमा केन्द्र परिवर्तनको सूचना नआउँदा सम्म केन्द्र स्थान्तरण गर्नु कानुनत परिपक्व नहुने उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा कानुत परिपक्व नहुँदा सम्मको अवस्थामा भानु नगरपालिकाको मूल प्रशासकीय केन्द्र फुस्रेटारमा यथावत राखी शाखा कार्यालहरु शहरी विकासको भवनमा राख्न सकिने उल्लेख गरिएको छ । भानुको केन्द्र विवादको विषयलाई लिएर नेपाली काग्रेस तनहुँको पदाधिकारी बैठक मंगलबार बिहान पार्टी कार्यालयमा बसेको थियो ।