सरकारको काम जनतालाई झुकाउने मात्रै –केन्द्रीय सदस्य भण्डारी

अमरराज नहर्की÷सेतीमादी
दमौली, २९ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले सरकारको काम जनतालाई भूmक्काउने मात्रै भएको बताएका छन् । सोमबार दमौलीमा स्कुल अफ डेमोक्रेसी तनहुँको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेकपाको घोषणपत्र काजगमा र योजनाहरु नारामा मात्रै सिमिति भएको बताए ।

‘के साच्चै सुकुम्बासीले अधिकार प्राप्त गरेका छन्, के बेरोजगारीले रोजगार पाएको छ, के मजदुरले काम नपाएपछि माम पाएका छन् ?’ भण्डारीले प्रश्न गरे । नेपालमा गरीवि छ , सामाजिक रुपमा विकृति, विसंगति छ पक्षपात पूर्ण चुनौतीका घटनाहरु भएको उल्लेख गर्दै भण्डारीले शोषित उत्पिडित जनताको आवाज सरकारले नसुनेको बताए । भण्डारीले नेपालमा बाह्य हस्तक्षप बढेको पनि बताए । राजनैतिक अस्थिरता ल्याउन विदेशीले चलखेल गरेको उनको भनाई थियो ।


‘विधी भन्दा बाहिर लगेर, आन्तरिक द्धन्दमा फसाएर, विभिन्न नाउँमा जुधाएर, भिडाएर समस्यामा पार्न वाह्य तत्व लागेका छन् ।’ तरुण विभागका प्रमुख समेत रहेका भण्डारीले भने । नेपालीमा राजनैतिक जटिलता समाप्त गरेर आर्थिक समृद्धिको बाटोमा हिड्ने राजनैतिक दलले प्रतिबद्धता व्यक्त गरेपनि सोचे अनुरुपको नहुनुमा बाह्य हस्तक्षेपले पनि प्रभाव पारेको उनले बताए । बाह्य शक्तिलाई सबै पार्टी मिलेर परास्त गर्नु जरुरी रहेको भण्डारीको भनाई थियो । ‘नेपाली स्वभिमान, सार्वभौमिकता, जनताको स्वतन्त्रताको लागि हस्तक्षेपलाई परास्त गर्नु पर्छ बरु बलिदानी नै दिन किन नपरोस् ।’ भण्डारीले भने ।


कोभिड–१९ लाई नियन्त्रणमा लिन सरकार असफल भएको भण्डारीले आरोप लगाए । ‘छिमेकी देशहरुमा कोरोना भाईरसको सङ्क्रमण बढीरहेको बेला सरकारले समयमा नै योजना बनाउन सकेन, क्वारेन्टाईनलाई व्यवस्थित गर्न सकेन ।’ भण्डारीले भने । खुला सिमाना व्यवस्थित गर्न सकेको भए नेपाललाई कोरोना मुक्त देश बनाउन सकिने भण्डारीको भनाई थियो । ‘नेपालमा प्रभाव पर्छ भनेर व्यवस्थित गर्न सकेको भए यस्तो स्थिती हुने थिएन’ भण्डारीले भने । कोही भोकै बस्न पर्ने छैन भनेर सरकारले भने पनि व्यवहारमा उल्टो भएको भण्डारीको भनाई थियो । ‘पेट भरी खान नपाएकालाई सामाजिक अभियान्तले खुलाउनु परेको र व्यवसायी पनि टाट पल्टिएर बैंकको किस्ता र भाडा तिर्न पनि मुस्किल भएको छ ।’ भण्डारीले भने । सरकारले विदेशबाट रोजगार गुमाएर फर्किएका युवा लक्षित योजना तथा कार्यक्रम ल्याउन नसकेको उनको भनाई थियो । ‘भारतबाट फर्किएका युवाहरु काम विहिन हुँदा कोरोनाको कहरको बेला पनि फेरि हजारौंको सङ्ख्यामा भारत जान लाईन लागका छन् ।’

भण्डारीले भने । कार्यक्रममा नेपाली काँङ्ग्रेस तनहुँका सचिव विश्व वास्तोलाले नेकपाले घोषणापत्र अनुरुपको काम गर्न नसकेको बताए । ‘घोषणापत्र कसैले लेखेको हो कि त उनिहरुले पढेका छैनन्’ सचिव वास्तोलाले भने । विदेशमा कल्पना गरे भन्दा पनि बढी विकासको उपभोग गरिरहेको उल्लेख गर्दै वास्तोललो नेपालीले सामान्य कुराहरु पनि पुरा गर्न पाएका छैनन् ।’ वास्तोलाले भने । संवैधानिक निकायहरुमा सरकारले हस्तक्षेप गरी पनि दुई तिहाई छ महाअभियायोग लगाउँछु भन्ने सन्देश प्रवाह गरेर वाईवडी, गोकर्ण रिर्सोट, सुन काण्ड जस्ता घटना लुकाले काम भएको उनले आरोप लगाए । हाल विदा भएर गएका अख्तियारका प्रमुखले साना माछा मात्रै समाप्न प्रयत्न गरेको र ठुला माछालाई छोडेको वास्तोलाले आरोप लगाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाली काँग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेले जनताको सेवामा नभई सरकार कमाउ धन्दामा लागेको बताए । ‘धन कमाउन सकियो भने सक्ता कब्जा गर्न सजिलो हुने मनसाय बनाएर अघि बढेकोले सरकार भष्ट्राचारमा लिप्त भएको छ ।’ वाग्लेले भने । सस्थाले समावेशी, स्वतन्त्रता र न्याय जस्ता प्रजातन्त्रका मूल्य र मान्यतालाई अंगिकार गर्दै अघि बढ्नु पर्ने उनले बताए । कार्यक्रम स्कुल अफ डमोक्रेसी तनहुँ शाखाका अध्यक्ष डम्बरबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्कुल अफ डेमोक्रेसीका उपाध्यक्ष दीर्घबहादुर थापा, सचिव वसन्त कँडेल लगायतले लोकतन्त्रको सस्थागत विकासमा मद्धत पुग्ने ढङ्गले सास्था लाग्नु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s