भ्रामक र तथ्यहीन कुराको पछि नलाग्न काग्रेस तनहुँकोे आग्रह

दमौली ,२९ भदौ ।
नेपाली कांगे्रस तनहुँले भ्रामक र तथ्यहिन कुराको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेको छ ।
पार्टी सचिव विश्व वास्तालोद्धारा जारी विज्ञप्तिमा अतिरन्जित पूर्ण तरिकाले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता नविकरण सम्वन्धमा झुट्टा र भ्रामक कुराहरु पैmल्याईएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।


पार्टीको सिद्धान्त निति, विधि र विधानका प्रति इमान्दार कार्यकर्ताहरु कोही कसैको सदस्यता नविकरण छुट भएको भए सम्वन्धित वडा कार्यसमितिमा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ । भ्रामक र तथ्यहिन कुराहरुबाट भ्रमित नभई पार्टी संगठनमा क्रियाशिल रहनु हुन सम्पूर्ण क्रियाशिल सदस्यहरुमा विज्ञप्तिद्धारा अनुरोध गरिएको छ ।


चौधौं महाधिवेशन अंन्तर्गत तनहुँ जिल्लामा क्रियाशिल सदस्यता नविकरण कार्य लगभग अन्तिम चरणमा पुगेको जनाईएको छ । २०७७ श्रावण मसान्त सम्ममा गाउँ÷नगर वडाबाट नविकरणको शिफारिस आइपुग्ने गरि समय तालिका निर्धारण गरिएकोमा कोरोनाको संक्रमणका कारण जिल्लाका ८५ वटा वडा मध्ये हाल सम्म ७८ वटा वडाबाट ६ हजा ८ सय ८६ क्रियाशिल सदस्य मध्ये ६ हजार २ सय ५० जनाले नविकरणका लागि फारम भरेको जनाईएको छ । वडा कार्यसमितिले शिफारिस गरी गाउँ÷नगर क्षेत्रिय कार्य समिति हुदै जिल्ला कार्य समितिमा कागजपत्रहरु आईसकेका उल्लेख गरिएको छ । बाँकी ७ वटा वडामा १ हजार दुई सय २६ क्रियाशिल सदस्य रहेकोमा १ हजार १ सय ५जना क्रियाशिल सदस्यहरुले नविकरणका लागि फारम भरि वडा कार्य समितिमा बुझाई सकेको जनाईएको छ ।


जिल्लामा जम्मा ८ हजार १ सय १२ क्रियाशिल सदस्य रहेकोमा मृत्यु भएका, हाल विदेशमा रहेका, पार्टी अनुशासन उल्लघंन गरि पार्टी परित्याग गरि अन्य पार्टीमा गएका र केन्द्रिय अनुशासन समितिको निर्णय बमोजिम कारवाहीमा परेका बाहेकका सवै जसो क्रियाशिल सदस्यहरुले सदस्यता नविकरणका लागि फारम भरि सकेको जनाईएको छ । साथै विज्ञप्तिमा र छुट भएकाले समेत सम्वन्धित वडा कार्य समितिमा सम्पर्क गरि फारम भर्नेक्रम जारी रहेको जनाईएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s