भानु नगरपालिकाको केन्द्र स्थान्तरण गर्ने विषयमा जनता झुक्याउने हिसाबले पत्राचार

दमौली ,२९ भदौ । भानु नगरपालिकाको केन्द्र स्थान्तरणको विषयमा शहरी विकास मन्त्रालयले जनता झुक्याउने हिसाबले पत्राचार गरेको छ ।


केन्द्र स्थान्तरणको विषयमा क्याविनेटले नै निर्णय गर्नुपर्ने भएपनि शहरी विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय पठाएर जनता झुक्याउने काम गरिएको हो । शहरी विकास मन्त्रालयद्धारा पठाईएको पत्रमा आयोजनाले सो भवन अधिकतमा ३ बर्षका लागि नगरपालिकाले समेत प्रयोग गर्ने गरी उपलब्ध गराउने उल्लेख गरिएको छ ।त्यस्तै मन्त्रालयद्धारा पठाईएको पत्रमा दुई तलाको भवनको भूई तल्ला नगरपालिकाले प्रयोग गर्ने र पहिलो तल्ला नयाँ शहर आयोजना प्रयोग गर्ने तथा कार्यलय प्रयोग गर्दाको धारा ,बिजुली , लगायत भवन सञ्चालन खर्च नगरपालिकाले बेर्होने समेत उल्लेख गरिएको छ । त्यस्तै पत्रचारमा नगरपालिकाले कार्य प्रवाहले आयोजनाको कार्य प्रवाहित हुन नहुने , नगरपालिकालाई भवन उपलब्ध गराउँदा आयोजना कार्यालयका कर्मचारी ,आवास , प्रयोजनका लागि अन्यत्र बस्नुपर्ने परिस्थिती आउने भएकोले नगरपालिकाको कर्मचारीको आवासको भाडा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।


शहरी विकास मन्त्रालयले जुन किसिमको पत्राचार गरेको छ त्यो केन्द्रको समस्या समधान गर्ने खालको भन्दा पनि विवाद सिर्जना खालको देखिन्छ ।यदि स्थायी रुपमा केन्द्र साना शहरीको भवनमा राख्ने उदेश्य हुँदो हो त शहरी विकास मन्त्रालयले यस किसिमले अवश्य पत्राचार गर्ने देखिदैनन थियो ।
काग्रेसको वदनाम गर्ने नियत
यसैबीच सर्त राखेर केन्द्र स्थान्तरणका लागि भवन उपलब्ध गराएको शहरी विकास मन्त्रालयको उक्त पत्रले काग्रेस पार्टीलाई बदनाम गर्ने हिसाबले पठाईएको जिल्लाका काग्रेसका नेताहरुको भनाई छ ।

गुपचुप हिसाबले केन्द्र सार्ने तयारी
यसैबीच गुपचुपमा रुपमा भानु नगरपालिकाको केन्द्र सार्ने तयारी भईरहेको बुझिएको छ । यसरी केन्द्र सार्ने क्रममा केही कागजपत्र सारिएको समेत बुझिन आएको छ ।

यो समाचार भोलीको सेतीमादी दैनिकमा प्रकाशित हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s