पार्टीमा योगदान गर्नेको उच्च कदर हुनुपर्दछ– के.स.भण्डारी

दमौली ,२९ भदौ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले पार्टीमा योगदान गर्नेको उच्च कदर हुनुपर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस आँबुखैरेनी गाउँपालिका कार्यसमिति सदस्य मिलन भुजेलको पिता स्वर्गीय नन्दराम भुजेलको १३ दिनको पुण्यतिथीका दिन गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । धेरैको त्याग र बलिदानले काँग्रेस पार्टी जीवन्त बनेको उल्लेख गर्दै भण्डारीले योगदान दिनेलाई पार्टीले सम्झनु जरुरी रहेको भण्डारीको भनाई थियो । जीवनभर पार्टीको लागि समर्पित व्यक्तिलाई र उहाँको परिवारलाई भुलियो भने ठूलो पाप लाग्छ भण्डारीले भने, सम्मान गर्नु पर्छ परिवारको कुराहरु सुन्न जरुरी छ भन्ने ठानेर कोभिड १९ को विषम परिस्थितीमा पनि आएको हुँ । साथै भण्डारीले स्वर्गीय भुलेजको निस्वार्थ भावनाले पार्टीको काममा अहोरात्र खट्ने, मिजासिलो र समाजको विकासमा चिन्तन गर्ने व्यक्ति भएकोले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको भण्डारीले बताएका थिए । कार्यक्रम नेपाली काँग्रेस आँबुखैरेनी गाउँपालिकाका कार्यवाहक सभापति केशव खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मकाउ जनसम्पर्क समितिका अध्यक्ष तथा तरुण विभाग केन्द्रीय सदस्य लेखबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाली महासमितिका सदस्य रामचन्द्र अधिकारी, काँग्रेस महाधिवेशन प्रतिनिधी तथा नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी, नेविसंघका पूव सह–महामन्त्री लक्ष्मीभक्त खनाल लगायतले स्वर्गीय भुजेल आँखामा राखे पनि नबिझाउने व्यक्ति भएको र उहाँको स्वभाव अनुकरण गरेर नेताले सरलता प्रस्तुत गर्नु पर्ने वताए । यसैबीच केन्दीय सदस्य भण्डारी आज पनि जिल्लामै रहने कार्यक्रम रहेको छ । नेपाल पत्रकार महासंघको भवनमा स्कुल अफ डेमोक्रेसी पदाधिकारीलाई पदको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । साथै भण्डारीले जिल्लामा रहँदा कार्यकताको भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s