जिल्ला आयुर्वेद कार्यालयद्धारा आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु

अमरराज नहर्की
दमौली ,२९ भदौ ।


जिल्ला आयुर्वेद कार्यालय तनहँुले स्थानीय जडिबुटीको प्रयोग गरी सेनिटाईजर उत्पादन शुरु गरेको छ ।
सञ्चार माध्यममा विभिन्न कम्पनीले उत्पादन गरेका सेनिटाईजरले स्वास्थ्यलाई हानी पु¥याउने खालका समेत फेला परेकोले आयुर्वेदिक सेनिटाईजर उत्पादन गर्न शुरु गरेको केन्द्रका अध्यक्ष देवीबहादुर बस्न्यातले बताए ।
‘कुनै हानी नगर्ने सेनिटाईजर उत्पादन शुरु गरेका छौ, स्थानीय जडिबुटीको महत्वलाई उजागर गर्ने उद्धेश्य रहेको छ ।’ केन्द्रका अध्यक्ष बस्नेतले बताए । तुलसी, तितेपाती, निम, लसुन, घिउकुमारी, फिटकिरी र कागती घाँस गरी सात वटा घाँसको प्रयोग गरेर आयुर्वेदिक औषधीयुक्त सेनिटाईजर बनाईएको केन्द्रका कार्यालय प्रमुख डा. रामप्रमोद मण्डलले जानकारी दिए ।


‘बजारमा बिक्री भएका कतिपय सेनिटाईजरमा अल्कोहलको मात्रा धेरै भएकोले हातमा एलर्जी हुने, घाउ बनाउने जस्ता समस्या निम्तिएका छन् तर यस आयुर्वेदिक सेनिटाईजरले कुनै असर गर्दैन ।’ कार्यालय प्रमुख डा. मण्डलले भने । कोरोना भाईरसको सङ्क्रिमत भएका विरामीलाई पनि गुर्जो, अशोकगन्धा लगायतका जडिबुटीले फाईदा पु¥याएकोले सेनिटाइईजर पनि स्थानीय जडिबुटी प्रयोग गरी बनाउन हौंसला मिलेको डा. मण्डल बताए ।
गण्डकी प्रदेश सरकारबाट व्यवस्थापनको जिम्मा हेर्ने गरी पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रको अध्यक्ष गठन भएपछि केन्द्र अध्यक्ष वस्नेतको सक्रियतामा आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु गरेको हो । व्यावसायिक रुपमा बिक्रीको लागि नभई केन्द्रमा आउने विरामी, सदरमुकाम स्थित सरकारी कार्यालयहरु, विभिन्न राजनैतिक दलका पार्टी कार्यालयलाई उपलब्ध गराईने केन्द्रले जनाएको छ।
त्यसैगरी दीर्घकालिन योजनामा पायल्सका विरामीलाई अप्रेशनको सहितको उपचारलाई प्रभावकारी बनाउने, योग शिक्षालाई व्यापकता दिई नियमित योग अभ्यास गराउने जस्ता कार्यलाई शसक्त ढङ्गले अगाडि बढाउने अध्यक्ष बस्नेतले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s