कोरोनाका संक्रमणबाट आँबुखैरनीकी बृद्धाको मृत्यु

दमौली ,२९ भदौ ।
कोरोनाका संक्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा उपचार केन्द्रका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं ४ निवासी ७६ बर्षिय महिलाको कोरोनाको संक्रमणबाट मृत्यु हुन पुगेको छ ।
मुटु सम्बन्धी रोगबाट बिरामी महिलालाई भदौ २० गते राजधानी स्थित मनमोहन भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। बृद्धालाई भदौ २३ गते कोरोनाको संक्रमण भएको पुष्टी भएको थियो । तनहुँमा हालसम्म कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार भिमाद नगरपालिका वडा नं १ का २८ र २२ बर्षका दुई गरी तीन जना पुरुषमा कोरोनाका संक्रमण देखिएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नं ६ स्थित ३० बर्षिय महिलामा समेत कोरोनाको संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s