दमौली ,२९ भदौ । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको बिदाई भएको छ ।

गृहमन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत नागिलालाई गाउँपालिका अध्यक्ष माया देवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , गाउँपालिका अन्य जनप्रतिनिधी तथा कर्मचारीहरुले बिदाई गरेका थिए ।
म्याग्दे गाउँपालिकामा कार्यरत रहँदा नागिलाले उत्कृष्ट कार्य गरेको भन्दै जनप्रतिनिधी र कर्मचारीहरुले प्रंशसा गरेका थिए ।