कोरोनाको कहरमा दिनरात नभनी खट्दै व्यासका स्वास्थ्य शाखा प्रमुख सोती

अमरराज नहर्की
दमौली ,२८ भदौ ।


यतिबेला विश्वव्यापी रुपमा कोरोनाको संक्रमण पैmलिएको छ । जसको प्रत्यक्ष असर नेपालसँगै व्यास नगरपालिकामा समेत परेको छ ।
व्यास नगरपालिकामा कोरोनाको संक्रमण फैलिएसँगै कोरोनाको नियन्त्रण र उपचारका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको टिम सक्रिय रुपमा लागेको छ । जसले गर्दा व्यास नगरपालिका भित्र कोरोनाको नियन्त्रण र उपचार अपेक्षा गरेअनुरुप सफलता समेत हात परिरहेको छ । व्यास नगरपालिका भित्र कोरोना नियन्त्रण र उपचारमा सिङ्गो नगरपालिकाको टिम सहभागी भएपनि अग्रमोर्चामा भने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती दिनरात नभनी खट्एिका छन् । सिङ्गो नगरवासी कोरोनाको त्रासमा घरभित्रै बस्दै गर्दा स्वास्थ्य शाखा प्रमुख सोती जोखिम मोलेर जुनसुकै बेला पनि कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति तथा नगरक्षेत्रका क्वारेन्टाइन र आइसोलेसन पुग्ने गर्दछन् । यसरी निरन्तर रुपमा खटिदा उनलाई खाना खाने र सुत्ने फुर्सद समेत मिल्न छाडेको छ ।


झण्डै ६ महिनादेखि कोरोना संक्रमणको नियन्त्रण र उपचारमा खटिएका सोती घरपरिवारसँग राम्ररी कुराकानी गर्न समेत पाएका छैनन् । त्यस्तै कोरोना संक्रमितको उपचारमा खटिएका सोतीले यो बीचमा धेरै तिता अनुभूति समेत व्यहोर्नु परेको छ । तैपनि उनी ति तिता अनुभूतिलाई बिर्सेर निरन्तर रुपमा सेवामा खटिराखेका छन् । स्वास्थ्य शाखा प्रमुख सोती व्यास नगरपालिकाका कोरोना संक्रमितलाई मात्र होइन अन्य स्थानीय तहका कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्।


स्वास्थ्य शाखा सोतीका अनुसार नगरपालिकाकामा विदेशबाट आएको संख्या ९ सय ५०, क्वारेन्टिन मा ६ सय ४२ र होम क्यारेन्टाइन ३ सय ०८ जना रहेकोमा हाल क्वारेन्टिनमा रहनेको संख्या २३ रहेको छ । स्वास्थ्य शाखाका अनुसार नगरपालिकामा संक्रमितको संख्या ५२ जना रहेकोमा ३४ जनाको निको भएको र दुई जनाको मृत्यु भएको छ । हाल उपचाररत संख्या १४ जना रहेको छ ।
यसैबीच नगरपालिकाको सक्रियतामा कोरोनाबाट संक्रमित मृगौलामा समस्या भएका भानुका एक विरामीलाई डाइलाइसिसको व्यवस्था भएपछि सवत्र प्रशंसा भएको छ । दमौली स्थित किरियापुत्री भवनमा अस्थायी आइसोलेशन रहेका ति व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा भर्ना गर्न नमाने पछि दमौलीमै फिर्ता ल्याईएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s