
दमौली , २७ भदौ । व्यास नगरपालिका वडा नं १० सेवरमा डेरा गरी बस्ने अन्र्तजातिय विवाह गरेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
मृत अवस्थामा भेटिनेमा २१ बर्षिय सुकु परियार गुरुङ रहेकी छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले दिएको जानकारी अनुसार सुकु मृत अवस्थामा भेटिनु अगाडि पारिवारिक झगडा भएको बुझिन आएको छ । डिएसपी तिमिल्सेनाका अनुसार देवर संग सुकुको झगडा भएको बुझिन आएको छ ।
माइती पक्षले भने जातिय विभेदकै कारण सुकुको हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका छन् । साथै माइती पक्षले सुकु तल्लो जातको भएको भन्दै मानसिक टर्चर दिने गरेको समेत बताएका छन् । तर घर पक्षले भने सुकुको हत्या नभई आत्महत्या गरेको जनाउँदै आएको छ । यता घटनाको विषयमा अनुसन्धान गर्नका लागि प्रहरीले सुकुका श्रीमान नवराज गुरुङ र शिशिर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धान पछि थप रहस्य खुल्ने डिएसपी तिमिल्सेनाले बताए ।