बाढी पहिरो पीडित ७५ घरपरिवारलाई राहतका लागि सिफारिस

दमौली , २६ भदौ । असार २८ यता परेको अबिरल बर्षा सगै आएको बाढी पहिरोबाट व्यास नगरपालिका क्षेत्र भित्रका ७५ घरपरिवारलाई क्षति पुगेको छ ।

यसैबीच बाढी पहिरो बाट क्षति पुगेका पीडितलाई राहत उपलब्ध गराउन व्यास नगरपालिकाले जिल्ला प्रशासन तनहुँलाई विवरण उपलब्ध गराउने निर्णय गरेको छ । नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला प्रशासन कार्यालय तनहुँलाई विवरण उपलब्ध गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला भरिबाट उपलब्ध भएका विवरण गृह मन्त्रालयमा पठाउने छ ।


नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख मिरा जोशी सहित नगरपालिकाका जनप्रतिनिधी , जिल्ला प्रशासन तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल ,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल , नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का नगर अध्यक्ष श्रीराम कार्की , नेपाली काग्रेसका नगर सह–सचिव डम्बर अधिकारी ,समाजवादी जनता पार्टीका नगर अध्यक्ष अमर भण्डारी ,वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ ,तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकार्य सभापति राजकुमार श्रेष्ठ (राकु )लगायतले विपद् व्यवस्थापनको तयारीको सम्बन्धमा धारणा राखेका थिए ।

बैठकमा बोल्दै नगरप्रमुख न्यौपानेले बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारजनलाई राज्यबाट प्राप्त राहतका साथै नगरपालिकाले समेत आफ्नो तर्फबाट पहल गरेको बताएका थिए । त्यस्तै क्षतिको विवरण संकलन गर्ने विषयमा समेत नगरपालिकाले कुनै कसर बाँकी नराखेको धारणा नगर प्रमुख न्यौपानेले राखेका थिए । त्यस्तै बैठकमा नेकपाका नगर अध्यक्ष श्रीराम कार्कीले बाढी पीडितहरुलाई राहत उपलब्ध गराउने विषयमा राजनीतिक हिसाबले हेर्न नहुनेमा जोड दिएका थिए । केन्द्र र प्रदेश सरकारले जस्तै स्थानीय सरकारले पनि राहत उपलब्ध गराउने विषयमा ध्यान दिन नगर अध्यक्ष कार्कीले सुझाव दिएका थिए । बैठकमा धारणा राख्दै नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले बाढी पहिरो पीडितहरुलाई राहत तत्काल उपलब्ध गराउनु पर्नेम जोड दिएका थिए । राहत हस्तान्तरण गर्न पनि केन्द्र र प्रदेशका सांसद र मन्त्रीहरु जिल्ला आउने तिथी कुरेर बस्ने प्रवृति अत्यन्त गलत भएको धारणा अधिकारीको रहेको थियो । त्यसैगरी समाजवादी जनता दलका नगर अध्यक्ष अमर भण्डारीले संकलन विवरणका विषयमा आफ्नो पार्टीको तर्फबाट जानकारी लिने धारणा राखेका थिए । त्यस्तै वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बाढी पहिरोका अलावा विपद्का विषयमा समेत नगरपालिका सम्वेदनशील हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा उठेका विषयहरुमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले विपद् व्यवस्थापन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय निकै सम्वेदनशील भएको बताएका थिए । जिल्ला भित्रको विवरण तत्कालन संकलन लागि गृहमन्त्रालयमा विवरण पठाइने समेत सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाई थियो ।


व्यास नगरपालिका बाहेक अन्यले क्षतिको विवरण बुझाएनन
यसैबीच व्यासन नगरपालिका बाहेक अन्य स्थानीय तहहरुले बाढी पहिरोबाट पुगेको क्षतिको विवरण बुझाएका छैनन ।
यसरी स्थानीय तहहरुले बाढी पहिरोबाट भएको क्षतिको विवरण नबुझाउँदा पीडितहरु राहत पाउनबाट बञ्चित हुने भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s