कोरोना भन्दा सामाजिक विभेदलाई जित्न कठिन

अमरराज नहर्की
दमौली ,२६ भदौ ।


कोरानाबाट सङ्क्रमित भई दमौली स्थित क्रिरियापुत्री भवनमा आईसोलेसनमा बसेकाले समाजमा कोरानाबाट सङ्क्रमित हुने व्यक्ति र परिवारलाई हेलाको दृष्टिकोणले हेर्ने गरिएको गुनासो गरेका छन् ।
१०७ औं विपी जन्मजयन्तीको अवसरमा फलपूmल वितरण गर्न पुगेका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेसँग गुनासो गरेका हुन् । ‘कोरोनाबाट सङक्रमित परिवारजनलाई सामाजिक बहिष्कार गरी छि,छि र दुर–दुर गर्ने गरेकाले कोरोना जित्न भन्दा सामाजिक विभेदलाई जित्न कठिन भएको छ ।’ एक कोरोना सङक्रमितले गुनासो गर्दै सेतीमादीसँग भने । सामाजिक तिरस्कारमा परिने डरले गर्दा कोरानाको लक्षण देखिएपनि अन्य व्यक्तिहरु पनि जाँच गर्न नमान्ने अवस्था आएको पनि जानकारी गराएका थिए ।


नेपाल प्रहरीमा कार्यरत एक व्यक्तिले आपूmलाई १० दिनसम्म ज्वरो आउँदा पनि चिकित्सक उपचार गर्न नआएको गुनासो गरेका थिए । ज्वरोले सिकिस्त हुँदा पनि हेरविचार भएन सिटामोल फालेर गए, गुनासो गर्दै उनले भने, अग्रपंक्तिमा रहेर सेवा गरेको छु भन्ने तर वास्ता नगर्ने अवस्था भएको छ । मृगौला खराब भएका एक सङ्क्रिमतले डायलासिस गर्न नपाएर जीवन जोखिममा परेको बताए । तीन दिन नाघिसक्यो डायलासिस गर्न पाएको छैन संक्रमित भएकोले उपचार रोकिएको उनको गुनासो थियो ।
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले तनहुँमा छुट्टै राखेर उपचार गर्ने ठाउँ नभएकोले पोखरा लगेर उपचारको प्रयास गरेपनि त्यहाँको चिकित्सकले नमानेकोले काठमाडौंमा लगेर उपचार गर्ने प्रयास भईरहेको बताए । क्रियापुत्री भवनमा १५ जना आइसोलेसनमा रहेका छन् । ति मध्ये सात जना नेपाल प्रहरीका रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s