ऋषिङ गाउँपालिकामा राहत वितरण र रोजगारीमूलक कार्यक्रम सञ्चालन कोही भोकै बस्नु नपर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई

प्रकाश अधिकारी
दमौली ,२६ भदौ ।


देशका धेरै स्थानमा कोरोना भाईरस कोभिड–१९ ले गर्दा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवार पेशाबाट विमुख भएर समस्यामा परिरहेका छन् ।
समुदाय स्तरमा रोग पैmलदै गएकोले समस्या समाधान गर्न जटिल भईरहेको छ । जटिल समस्यालाई पनि गम्भिर बन्न सकियो भने समाधान गर्न सकिन्छ भन्ने उदाहरण ऋषिङ गाउँपालिकाले दिएको छ । गाउँपालिकाले भोकै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न राहत वितरण तथा रोजगारी प्रदान गर्न प्राथमिकता दिएको छ ।
गाउँपालिकाले ठूलो परिमाणमा राहत बाँडेको देखिएको छ । पहिलो चरणमा १ हजार ३८० र दोस्रो चरणमा ४ हजार ९२० घर परिवारलाई राहत बाँडेको गाउँपालिकाले जनाएको छ । दोस्रो चरणमा २५ किलो चामल, १÷१ केजी नुन, दाल २ केजीका दरले र पहिलो चरणमा १५ किलो चामल १÷१ किलो नुन र तेल र दुई किलो दाल वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘कोही भोकै बस्न नपरोस् भनेर ठूलो सङ्ख्यामा राहत वितरण गरेका हौं ।’ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विनियोजन गरिएको १२ लाख बजेटबाट ८० जना बेरोजगार युवालाई रोजगारी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकामा आईसोलेसनमा राखिएको संख्या ४६ रहेको छ । क्वारेन्टाईनमा राखिएको जम्मा संख्या ३१३ मध्ये होम क्वारेन्टाईन मा बस्नेमा ५१ रहेको गाउँपालिकाले जनाएको छ । यस्तै निको भएर जाने संख्या ४६ रहेको र ५८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।


विकास निर्माण कार्य पनि दु्रत गतिमा
ऋषिङ गाउँपालिकाले विकास निर्माणको कार्यलाई पनि द्रुत गतिमा गरिरहेको छ। गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य निरन्तर भईरहेको र हाल दोस्रो ढलान भईसकेको छ ।
वडा नम्बर ८ मा घुम्ती कटान गरी श्रृङपथ मोटर मार्गमा रहेको घुम्ती भीरको बक्स कटिङ सम्पन्न भई सञ्चालनमा आएको छ । सोही मार्गको ऋषिङ देखि ढाक्रेखोला सम्मको ७ किलो मिटर सडक पिच कार्य सूचारु भई हाल पिच भईरहेको छ । यस्तै ढाक्रेखोला निमार्ण भईरहेको पक्कि पुल निमार्ण सूचारु रहेको दशैं सम्ममा सम्पन्न गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए । दुभुङ भ्यूटार निमार्ण कार्य पनि पुरा भएको छ । ढुंगागाडे सपाङ्दी हुँदै रुपटार जाने मोटर मार्ग नाली निर्माण एवं पिचको कार्यको सञ्चालन गरी १ हजार ५०० मिटर पिचको कार्य पुरा भएको छ । झापुटार काँहुँ सीमनाथ मोटर मार्गमा असार र साउनमा भएको भारी वर्षाले गर्दा क्षति पुगेको ४ किमि सडकको पहिरो हटाई सूचारु गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s