विदेशमा अलपत्र नागरिकलाई फिर्ता गर

कोरोनाका कारण विश्वका विभिन्न मुलुकमा नेपाली नागरिकहरु अलपत्र परेका समाचार सार्वजनिक भईरहेका छन् । यसै सिलसिलमा पछिल्लो पटक साउदी अरबका विभिन्न क्याम्पमा एक हजार भन्दा बढी नेपाली कामदारहरु अलपत्र परेको विषय बाहिरिएको छ । विभिन्न सञ्चार माध्यममा सार्वजनिक भए अनुसार सात महिना देखि घर फर्किन पाई रहेका छैनन् । सात–सात महिना सम्म नागरिकहरु विदेशी भूमिमा अलपत्र पर्नु अत्यन्त लज्जाजनक विषय हो । तर यस विषयमा सरकार मौन रहँदै आई रहेको छ । यसै सिलसिलामा साउदी अलपत्र परेका नेपाली कामदारहरुले साउदी अरबमा सरकार विरुद्ध प्रर्दशन गरेका छन् । विदेशी भूमिमा आफ्नो सरका विरुद्ध प्रदर्शन गर्ने अवस्था सिर्जना हुनु त्यहाँ भन्दा सरकारको लाचारी के हुन्छ ?

साउदीमा अलपत्र परेका कामदारहरुले स्वदेश फर्कनका लागि दैनिकमा कम्तीमा पनि ५ वटा उडान हुनुपर्ने माग राख्दै आएका छन् । तर सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्र स्वीकृत गरिदिएको अवस्था छ । दैनिक ५ वटा उडान आवश्यक भएको ठाउँमा एक महिनाको अवधिमा १३ वटा उडान स्वीकृत गर्नु कहाँ सम्मको न्याय संगत विषय हो । त्यो निकै सोचनीय विषय बन्न पुगेको छ । साउदी अरबको अहिलेको अवस्था हेर्ने हो भने अलपत्र अवस्थामा परेका नेपाली कामदारहरु भोकभोकै बस्नु परिरहेको छ । यहि अवस्था रहने हो भने साउदी अलपत्र परेका नेपाली कामदारहरु भोकभोकै मर्नु पर्ने अवस्था नआउँला भन्न सकिदैन । त्यसैले सरकारले जतिसक्दो छिटो साउदी लगायत विदेशी भूमिमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने विषयमा ध्यान दिनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s