भिमाद नगरपालिका वडा अध्यक्ष जोशीद्धारा सेवा र सुविधाको रकम सामाजिक कार्यमा खर्च

प्रकाश अधिकारी
दमौली ,२५ भदौ ।


जनप्रतिनिधीहरु सुविधामुखी भए भन्ने आरोप आईरहेको बेला कतिपय जनप्रतिनिधीले सुविधा नलिईकन तलब भत्ताको रकम समेत सामाजिक कार्यमा खर्च गरिरहेका छन् ।
यस्तो सामाजिक कार्यमा खर्च गर्नेमा भिमाद नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी रहेका छन् । जोशीले मोटरसाईकल, इन्धन, मोबाईल रिचार्ज लगायतका सुविधा निर्वाचित भएदेखि नै सुविधा लिएका छैनन्् भने व्यक्तिगत खर्चमा सामाजिक कार्य गरिरहेका छन् । सर्वोच्च अदालतको आदेश पछि २०७५ साल कात्तिक १ गते देखि स्थानीय तहका जनप्रतिनिधी तलब पाएका छैनन् । सर्वोच्च आदेश अघि प्राप्त तलब सुविधाको रकम लिएर वडा अध्यक्ष जोशीले एक जना कर्मचारी राखेका थिए । ‘कर्मचारीको अभावले काम गर्न कठिन भएकाले तलब र भक्ताको रकमबाट एक वर्ष सम्म कर्मचारी राखेको थिएँ सवोच्चले सुविधा रोके पछि हटाएको हुँ ।’ वडाध्यक्ष जोशीले भने । वडाध्यक्ष जोशीले भक्ता वापतको रकमले इलाका प्रहरी कार्यालय भिमादमा सिसि टिभी क्यामेरा जडान गर्न मद्धत गरेका छन् । साथै वडाध्यक्ष जोशीले व्यक्तिगत कोरोना भाईरसको संक्रमणले गर्दा प्रभावित भएका ६० घर परिवारलाई ६५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग जानकारी स्थानीय रमेश सुवेदीले जानकारी दिए ।


वडाध्यक्ष जोशीले सुविधा नलिने मात्रै नभएर आफ्नो व्यक्तिगत खर्चमा सामाजिक क्षेत्रमा सक्रिय हुने तथा राजनैतिक आग्रह पूर्वाग्रह नगरी काम गर्ने गरिरहेकोले जोशीको स्थानीय स्तरमा सबैले प्रशंशा गरिरहेका छन् । जनताको पीर मर्का तथा विकासका गतिविधीमा स्वयं उपस्थित भएर मद्धत पु¥याउने गरेकाले सबैले प्रशंशा गरेका छन् ।’ वडानम्बर ६ को मालेबगर टोलविकास सस्थाका अध्यक्ष चित्रबहादुर रानाले भने । नेपाली काँग्रेसको तर्पmबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s