
दमौली ,२५ भदौ ।
“असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले नेपाल रेडक्रस दिवस भाद्र १९ गतेबाट सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स सेवा संचालन अभियानलाई विभिन्न सहयोगी हातहरुबाट सहयोग गर्ने क्रम जारी छ ।
सो उपशाखाका संस्थापक सभापति स्वर्गीय शंकर गिरीको परिवारको तर्फबाट रु ६० हजार रुपयाँ प्रदान गरेका छन् । उक्त रकममध्ये उनकी काठमाडौँ निवासी पाथिभारा म्यानपावरकी सञ्चालिका अन्जु क्षेत्रीले रु ५० हजार तथा १० हजार रुपयाँ निज शंकर गिरी कि धर्मपत्नी रुक्मिणी गिरीको तर्फबाट प्रदान गरेकी थिइन । साथै उक्त अभियानलाई व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी उपशाखाका सभापति रामदत्त पौडेल तथा मनु पौडेलबाट रु २१ हजार १ सय ११ सहयोग गरेका छन् ।
त्यसैगरी अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलबाट रु २१ हजार १ सय ११, व्यास १० खहरेका युवा व्यवसायी विशाल गिरीबाट रु २१ हजार १ सय ११, अर्थ संकलन समितिका सचिव श्रीकृष्ण आचार्यबाट रु १५ हजार ५ सय ५५, उपशाखा उपसभापति विष्णुप्रसाद अधिकारीबाट रु ११ हजार १ सय ११ नगद सहयोग गरेका छन् । त्यसैगरी भानु माविका पूर्व प्रधानध्यापक प्रेम दराई तथा वडा सदस्य पतिमाया दराईबाट रु १५ हजार ५ सय ५५, दुम्सीकोट उपशाखा सदस्य जीवन पोखरेलबाट रु ११ हजार १ सय ११, यसैगरी भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु थापाबाट रु ११ हजार १ सय ११, व्यास १० दुम्सीचौरमा युवा व्यवसायी गणेशकुमार विकबाट ११ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् ।
त्यसैगरी सो अभियानलाई दुम्सीचौर निवासी गोपाल गुरुङबाट १० हजार ५ सय ५५, सुशिल स्मृति प्रतिष्ठान व्यास १० का संरक्षक हरिभक्त अधिकारीबाट रु १० हजार ५ सय ५५, दुम्सीकोट निवासी मिना भण्डारीबाट रु १० हजार ५ सय ५, दुम्सिचौर निवासी खिर कुमारी थापाबाट रु १० हजार ५ सय ५ सहयोग प्रदान गरेका छन् । यसैगरी शिखर युवा क्लवका अध्यक्ष उद्धव जि.सी.बाट रु १० हजार ५ सय, व्यास–१० निवुवाटारी स्थाई ठेगाना भई हाल बारा जिल्लामा कार्यरत प्रहरी नायब उपरीक्षक गौतम मिश्रले रु १ लाख ११ हजार १ सय ११ प्रदान गरेका छन् । त्यस्तै व्यास १० बैरेनी निवासी उपशाखाका आजीवन सदस्य व्यास ४ का वडा सचिव दुर्गाप्रसाद पौडेल तथा श्रीमती देवका पौडेलबाट रु १ लाख ११ हजार १ सय ११, व्यास–१० बैरेनी निवासी जो रिलायन्स इन्सोरेन्स कम्पनीका शाखा प्रवन्धक कृष्ण गिरीले रु. ११ हजार १ सय ११, दुम्सीकोट निवासी जनता आधारभूत विद्यालयका पूर्व प्रअ दिलबहादुर मगरले आफ्ना स्वर्गीय बुबा लिलाम्बर मगरको स्मृतिमा रु १० हजार ५ रुपैया प्रदान गरेका छन् ।
त्यसैगरी सामुदायिक एम्बुलेन्स संचालन अभियानलाई बरचौर टोल विकास संस्थाले रु १० हजार १ सय ५, दुम्सीकोट टोल विकास संस्थाले रु १० हजार ७, दुम्सी चौरका युवा रेशम दरैबाट रु ५ हजार ५ सय ५५, सोही स्थानका मैतबहादुर गुरुडबाट रु ५ हजार ५ सय ५५, रुद्रनाथ जोगीबाट रु ५ हजार ५५ रुपैंया संकलन भएको समितिका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए ।
त्यसैगरी आफ्ना बुबा नन्दलाल सापकोटाको पुण्य तिथिमा सम्झना स्वरुप हाल मलेसियामा रहेका पोखरा चााउथे निवासी कृष्ण सापकोटा एवं पदमा सापकोटाले रु ५ हजार १ सय ९९, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य व्यास ७ निवासी प्रदिप घिमिरेबाट रु ४ हजार ४५, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका सभापति कृष्णहरी वाग्लेबाट रु ३ हजार ३ सय ३३, व्यास १ दमौली टोलकी शारदा गिरीबाट रु २ हजार ५, म्याग्दे–१ गुणदीकी राधिका लम्साल खनालबाट रु २ हजार ५ सय ५, व्यास–२ की सरस्वती थापाबाट रु २ हजार ५ सय ५५ र व्यास ४ निवासी मिलन श्रेष्ठबाट रु २ हजार ५, व्यास १० दुम्सी चौरका खड्क बहादुर अधिकारीबाट रु १ हजार ५ र ऋषिड ५ की पूर्णिमाया गुरुडबाट रु ५ सय ५५ रुपैया संकलन भएको छ ।
हालसम्म विभिन्न सहयोगीहरूबाट रु ३ लाख ६२ हजार ४ सय ३ रुपैयाँ सहयोग प्राप्त भएको उपशाखाका अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले बताए ।
साथै उपशाखाको तर्फबाट सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य संघसंस्था एवं समाज सेवी महानुभावहरुलाई खुला दिलले स्वस्फूर्त रुपमा सहयोग गर्न उपशाखाका सभापति रामदत्त पौडेलले हार्दिक अपिल गरेका छन् ।