सात फरार अभियुक्त पक्राउ

दमौली ,२३ भदौ ।
तनहुँ प्रहरीले तीन दिनको अवधिमा सात जना फरार अभियुक्त पक्राउ गरेको छ । शनिबार एक आईतबार पाँच र सोमबार एक गरी सात जना पक्राउ गरेको हो ।
शनिबार पक्राउ पर्नेमा बहुविवाहमा फरार रहेका व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षिय करणबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए । उनि एक वर्ष अघि देखि फरार रहेको र १ वर्ष ५ महिना १३ दिन कैद तथा पाँच हजार जरिवाना भुक्तान गर्न बाँकी रहेकोले पक्राउ गरिएको हो ।


आईतबार प्रकाउ पर्नेमा बाल यौन दुराचार मुद्धामा १ वर्ष अघि देखि फरार रहेका आँबुखैरेनी गाउँपालिका–३ चिसापानी निवासी वर्ष ३४ को जयकृष्ण श्रेष्ठ रहेका छन् । यसैगरी आईतबार नै जुवा मुद्धामा फरार दुई व्यक्तिलाई प्रहरीले समातेको छ । समातिनेमा आँबुखैरेनी गाउँपालिका–३ बस्ने मंगलबहादुर पाख्रिन र रमेश कुमार श्रेष्ठ रहेका छन् । लागु मुद्धामा फरार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ बस्ने वर्ष ३६ को विष्णुबहादुर सुनारी रहेका रहेका छन् । चोरी मुद्धामा फरार रहेका आँबुखैरेनीकै वडा नम्बर २ बस्ने २० वर्षिय सुमित गुरुङलाई प्रहरीेले पक्राउ गरेको छ ।


वडाअध्यक्ष मल्ल पक्राउ
त्यसैगरी किर्ते मुद्धामा फरार रहेका भानु नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश मल्ललाई सोमबार इलाका प्रहरी कार्यालय डुम्रेले पक्राउ गरेको हो । वडा अध्यक्ष मल्ललाई सोमबार नै कारागार चलान गरिएको छ। वडा अध्यक्ष मल्ल माथि नागरिकता सिफारिसमा किर्ते गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s