दमौली ,२३ भदौ । व्यास नगरपालिका वडा नं ६ श्याम्घामा आज बिहान चट्याङ पर्दा तीन जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार बिहान पौने ९ बजे तिरको समयमा चट्याङ पर्दा तीन व्यक्ति घाईते हुन पुगेका छन् । डिएसपी तिमिल्सेनाका अनुसार घटनाको विस्तृत विवरण भने आईसकेको छैन । घटना स्थल तर्फ प्रहरी जाँदै छ ।
चट्याङबाट घाईते भएकाहरुलाई पोखरा रिफर गर्ने तयारी भईरहेको रहेको समेत डिएसपी तिमिल्सेनाले बताए ।