बहुबर्षीय र क्रमागत शीर्षकमा आएको बजेट सांसद श्रेष्ठले ल्याएको भन्दै प्रचारबाजी

दमौली ,२३ भदौ ।
तनहुँ क्षेत्र नं १ सांसद कृष्णकुमार श्रेष्ठको पहलमा तनहुँ सभा हल निर्माणका लागि एक करोड बजेट पारिएको भन्दै आइतबार उनका सर्मथकहरुले सामाजिक सञ्जालमा सामाग्री राखे सगै धन्यवादको ओइरो लाग्ने क्रम जारी छ ।


जबकि २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँ कुल लागत रहेको तनहुँ सभा हल निर्माण कार्य यस भन्दा अगाडिको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित संविधान सभा सदस्य शंकर भण्डारीले तत्कालिन स्थानीय विकास अधिकारी बन्धुप्रसाद वास्तोलालाई प्रक्रिया अगाडि बढाउन लगाई मन्त्रालयमा कागजपत्र पेश गरी कार्य अगाडि बढाएका थिए । जुन कार्य सम्पन्न गर्नका लागि पूर्वमन्त्री भण्डारी स्वयं आफै मन्त्रालय पुगेका थिए । पूर्वमन्त्री भण्डारीको दौडधूपले सभा हल निर्माण कार्यले सार्थकता पनि पायो । सोही अनुरुप २०७४ पुस १३ गते देखि कार्यदेशका लागि स्वीकृत पनि भयो र निर्माण कार्य अगाडि पनि बढ्यो ।


जुन सभा हलको शिलान्यास काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए भने तत्कालिन समयमा भर्खरै मात्र निर्वाचित सांसद श्रेष्ठ विशिष्ट अतिथी बनेका थिए । यतिबेला सभा हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सभा हलको निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा सांसद श्रेष्ठको ईशारामा उनका सर्मथकहरुले एक करोड बजेट सांसद श्रेष्ठले ल्याएको भन्दै झुटो प्रचारबाजी भइरहेको छ ।


यस विषयमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसंग सम्र्पक गर्दा एक करोड बजेट थप नभई क्रमागत नै भएका बताउँछन् । त्यसैगरी सभा हल निर्माण कार्यको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख झपडबहादुर थापासंग सम्र्पक गर्दा पनि एक करोड रुपैयाँ थप नभई क्रमागत अन्र्तगतकै बजेट भएको थापा बताउँछन् ।


त्यस्तै सांसद श्रेष्ठले बजेट पारेको भनि प्रचार गरिएको पराशर पार्कको बजेट पनि क्रमागत र बसपार्कको बजेट वहुवर्षीय योजना अन्र्तगत आएको इकाई प्रमुख थापाले बताए । थापाका अनुसार सभा स्याङजा र गोरखामा समेत निर्माणधिन सभागृहका लागि क्रमागत बजेट निकासा भएको छ ।
सांसद श्रेष्ठले ल्याएको भनि प्रचार गरिएका अधिकांश योजना यस अगाडिका सरकारका पालामा सुरु भएको र बजेट बहुबर्षिय र क्रमागत अन्र्तगत निकासा भइरहेको पाइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s