काल बन्दै शहर जोड्ने ग्रामीण सडक हचुवामा सडक बनाउँदा पाँच जनाको ज्यान गुमेको खुलासा

अमरराज नहर्की
दमौली ,२३ भदौ ।
प्राविधिक, वातावरणीय र इञ्जिनियरिङ अध्ययनविना जथाभावी खनिएका जिल्लाका शहर जोड्ने ग्रामीण सडकहरु कतिबेला दुर्घटनामा परिने भन्ने भयले जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने ठाउँ बनेका छन् ।
प्राविधिक र इञ्जिनियरीङ अध्ययन गरेर सडक खन्नुपर्छ भन्ने भावना प्रवल बन्दै गएपनि चुनावी प्रतिवद्धता, नेता वा अगुवाको मनोकांक्षा पुरा गर्ने लहडले गर्दा भूक्षय र वातावरणीय विनास मात्र होइन कालखोज्दै हिड्ेको कष्टकर यात्राको केन्द्र बनेको छ शहर जोड्ने ग्रामीण सडकहरु । कतिसम्म भने वातारणीय प्रभावको लेखाजोखा विनानै मोटरबाटो खन्दा पहिरोले पुरिएर जिल्लामा एकै परिवारको पाँचजनाको मृत्यु भएको डरलाग्दो घटना सार्वजनिक भएको छ । रिसिङ गाउँपालिका–८ पल्टयाङमा हचुवाकै भरमा सडक बनाउँदा भएको लापरबाहीले उनीहरुले जीवन गुमाउनु परेको बताइएको छ ।
गत असार २९ गते पहिरो जाँदा एकै परिवारको पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो । डोजरले जथाभावी बाटो खन्दा पहिरो गएकोले मृत्यु भएको स्थलगत अध्ययनबाट देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बस्तीमाथीबाट डोजरले जथाभावी खनेर मोटरबाटो लगिएकोले पहिरो गएको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीपहिरोको रोकथाम तथा नियन्त्रणको योजना प्रभावकारी हुन नसक्दा वर्षेनी ठुलो धनजनको क्षति हुने गरेको छ ।
सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्ने क्षतिलाई विचार नगरी डोजर प्रयोग गरी मोटर बाटो बनाउँदा सो घट्ना घटेको स्थलगत अध्ययनमा पुगेका भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिए । ग्रामीण क्षेत्रलाई शहरसँग जोड्न गरिएका सडकको विस्तार, स्तरोन्नति गर्दा वातावरणमा कस्तो प्रभाव र असर पर्छ भन्नेमा ध्यान नदिँदा ठूलो धनजनको क्षति हुने गरेको पौडेल बताउँछन् । भिरालो भूगोल, कमजोर भूवनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षा जस्ता प्राकृतिक कारणले नोक्सानी हुने गरेको उनी बताउँछन् । स्थानीय, प्रदेश तथा संघीय सरकारले संवेदनशिल भएर सार्थक प्रयास र पहल गर्नुपर्ने पौडेल बताउँछन् । साथै पौडेल हरेक वर्ष वर्षात्मा हल्लेर, चर्केर धाँजा फाँटेर कमजोर भएकोले भिरालो जमिन भासिएर पहिरो जाने गरेकोले सर्तकता अपनाउनु पर्ने धारणा राख्छन् ।
बाढी पहिरोको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरे पनि कार्यान्वयन फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम नरोकिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार जोखिमयुक्त स्थानबाट बस्ती स्थानान्तरण गर्नुपर्नेमा त्यसमा ध्यान दिईएको छैन । विपद् र जोखिमरहित विकास आयोजना निमार्ण गर्न सक्यौं भने क्षति न्यूनिकरण गर्न सकिन्छ ।
रिसिङमा अनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा, छोरा २२ वर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसराको मृत्यु भएको थियो । तनहुँमा गत असार २९ गतेको अविरल वर्षाले १० को मृत्यु र एक जना वेपत्ता भएका थिए ।
भौतिक पूर्वाधारमा करोडौँ नोक्सान
जिल्लामा गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षमा आएको बाढी पहिराबाट भौतिक पूर्वाधार क्षेत्रमा करोडौंको नोक्सान हुन्छ । व्यास नगरपालिकामा मात्रै ७४ लाख ३ हजार ५०० रुपैयाँ क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।
पक्की, ग्रामिण र कच्ची मोटरवाटो, पुल÷कजवे, सिँचाई नहर÷कुलो, खानेपानी, विद्युत खम्बामा गरी उक्त क्षति भएको हो । यस्तै खालका पूर्वाधारमा भिमाद नगरपालिकमा ६६ लाख, रिसिङ गाउँपालिकामा ९५ लाख र देवघाट गाउँपालिकामा १ करोड ६५ लाख रुपियाँ नोक्सान भएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत राममणी मिश्रले बताए । आँबुखैरेनी, बन्दीपुर, म्याग्दे र घिरिङको क्षतिको विवरण आउन बाँकी रहेको छ । भानु र शुक्लागण्डकी नगरपालिकाले प्राविधिकले मूल्याङ्कन गर्ने कार्य भईरहेको प्रतिक्रिया दिएका छन् ।
अन्नबालीमा १० करोडको क्षती
तनहुँमा बाढी र पहिराले अन्नबालीमा १० करोड रुपियाँको नोक्सानी भएको छ । त्यस्तै १२ हजार हेक्टरमा धान खेती गरिएकोमा ६०० हेक्टरमा पूर्ण र २०० हेक्टरमा आंशिक क्षति हुँदा उक्त नोक्सानी भएको कृषि ज्ञान केन्द्रले तनहुँले जनाएको छ ।
रोपिएको धानबालीमा सात करोडको पूर्ण नोक्सान, एक करोडको आंशिक र मकै, कोदोलगायतको बालीमा दुई करोडको नोक्सान पु¥याएको केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । गत असार २८ र २९ गते परेको वर्षाले म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाकाको खोले खेतहरुमा धेरै नोक्सान पु¥याएको तिवारी बताउँछन् । वडा कार्यालयले नोक्सान पु¥याएको कृषकको विवरण सङ्कलन गरी केन्द्र तथा पालिकाका प्राविधिकले नोक्सानको मूल्याङ्कन गरिएको केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिए । पालिका र गण्डकी प्रदेश सरकारले मापदण्ड बनाएर राहत दिने तयारी भईरहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s