राष्ट्रिय सभाको मर्यादा कायम गर

नेपालको संसदीय प्रणालीमा संघीय संसद र राष्ट्रिय सभा गरी दुई सदन रहेको छ । दुई सदन मध्ये राष्ट्रिय सभाको गठन जनप्रतिनिधीहरुको मतदानबाट हुने हुँदा राष्ट्रिय सभालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यस अर्थमा कि राष्ट्रिय सभामा राजनीतिक क्याडरको भन्दा पनि विषय विशेषहरुको प्रतिनिधित्व हुने गर्दछ । राष्ट्रिय सभा अर्थात माथिल्लो सदनलाई नेपालमा मात्र होइन विश्व व्यापी रुपमा महत्वका साथ हेर्ने गरिन्छ । विश्व व्यापी रुपमा महत्वका साथ हेरिने राष्ट्रिय सभाको नेपालमा पछिल्लो समय क्रमसः गरिमा घट्दै जान थालेको छ । त्यसमा पनि नेकपा नेतृत्वको सरकार गठन भएपछि त झन राष्ट्रिय सभाको गरिमा यति घटेको छ कि राष्ट्रिय सभाका सदस्यहरुले आफू राष्ट्रिय सभाको सदस्य हुँ भनेर गर्व साथ भन्ने अवस्था समेत देखिदैन ।

खासगरी नेकपा नेतृत्वको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन देखि संघीय संसदको निर्वाचनमा पराजित व्यक्तिहरुलाई प्रतिनिधित्व गराएसगै राष्ट्रिय सभाको गरिमा माथि प्रश्न चिन्ह उब्जिन पुगेको हो । अहिलेसम्मको तथ्याङक हेर्ने हो भने ६ जना पराजित व्यक्तिहरु राष्ट्रिय सभामा पुगि सकेको छन् । यतिखरे पुनः गत संसदीय निर्वाचनमा पराजित नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जान खुट्टा उचालेर बसेका छन् । यसरी निर्वाचनमा हारेका व्यक्तिहरु राष्ट्रिय सभामा जादै गर्दा यसले अन्तराष्ट्रिय स्तरमा समेत नराम्रो सन्देश गईरहेको छ । तसर्थ राष्ट्रिय सभाको गरिमा कायम गर्ने विषयमा सत्तासिन नेकपाको विषेश ध्यान पुग्नु जरुरी देखिन थालेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s