ऋषिङमा दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते

सेतीमादी संवाददाता
दमौली, २२ भदौ । दमौलीबाट रिसिङको खाल्टे जाँदै गरेको एक यात्रु जीप सोमबार बिहान दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच यात्रु घाईते भएका छन् । ग १ ज ७१२८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी व्यास नगरपालिका–५ का ५५ वर्षिय राजकुमार श्रेष्ठ र म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष ३२ को होमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए । ’दुर्घटनामा पछि गंभिर घाईते भएका श्रेष्ठद्धय मध्ये राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा र होमबहादुरको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’ एसपी पौडेले जानकारी दिए ।
घाईते पाँच मध्य एक जना सामान्य अवस्थामा रहेकोले उपचार पछि घर फर्किएको र चार जनाको पोखरामा उपचार भईरहेको छ । व्यास नगरपालिका–५ बस्ने वर्ष ४९ का सन्तकुमार श्रेष्ठ, वर्ष ५२ को मधुुुसुधन श्रेष्ठको गण्डकी मेडिकल कलेजमा र वर्ष ३४ की सङ्गीता अधिकारी र वर्ष ५१ को रामकुमार श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

One thought on “ऋषिङमा दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s