सरकार मल कहिले आउ“छ ?

रोपाईको बेला देखि रासायनिक मलको अभाव भोग्दै कृषकहरुले धानको बाला लाग्ने बेलासम्म मल पाउन सकेका छैनन । अब आफै कल्पना गर्नुहोस् कृषकको खेतमा कस्तो उब्जनी होला भनेर । यतिबेला मल लिन आउने कृषकको लाम हेर्ने हो भने एकादशी मेला भन्दा केही फरक छैन । तरपनि कृषकलाई सहज ढंगले मल उपलब्ध गराउने विषयमा सरकारको ध्यान पुग्न सकिराखेको छैन । खासमा यस किसिमको समस्या सिर्जना हुनुमा मल आयत गर्ने टेण्डर प्रक्रिया ढिलाई हुनु पहिलो कारण हो । यसका लागि क्षमतावान कम्पनीलाई भन्दा पहुँचका आधारमा क्षमताहीन कम्पनीलाई मल आपूर्तिको ठेक्का परेको थियो । यसरी क्षमताहीन कम्पनीलाई आपूर्तिको ठेक्का पर्दै गर्दा कोरोनाको कहरले समेत आपूर्तिमा समस्या सिर्जना हुन पुग्यो ।

यसो भन्दै गर्दा सरकारका तर्फबाट मल आयत गर्ने विषयमा कुनै पहल नभएको भने होइन । केही दिन अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले वंगालदेशी प्रधानमन्त्रीलाई टेलिफोन गरी ५० हजार युरिया मल पैचो माग्दै पत्र पठाएका थिए । जुन मल असोजको पहिलो साता मात्र आइपुग्ने छ । जबकि असोज पहिलो साता मात्र आइपुग्ने छ । यसरी ल्याइएको मल ढिलो पाक्ने धानका लागि मात्र काम लाग्ने छ । कृषकका लागि जुन बेलामा मल आवश्यक पर्ने हो त्यो बेलामा मल उपलब्ध गराउन नसक्नु सरकारको हदै सम्मको कमजोरी हो । तसर्थ यस किसिमका कमजोरीलाई सरकारले सच्याउनु जरुरी छ । अन्यथा सरकार माथि जनताले विश्वास गर्ने ठाउँ नै रहदैन । तसर्थ जतिसक्दो छिटो कृषक मल उपलब्ध गराउन तर्फ सरकारको ध्यान पुगोस् ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s