व्यास नगरबासी थप सर्तकता अपनाऔं

विश्व व्यापी रुपमा महामारीको रुप लिदै गरेको कोरानाको संक्रमणले व्यास नगरपालिकामा समेत त्रास जारी रहेको छ । खासगरी व्यास नगरपालिका वडा नं १ अम्रेनी निवासी एक ५० बर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको घटना सेलाउन नपाउँदै मंगलबार कोरोनाले गर्दा व्यास नगरपालिका वडा नंं २ निवासी एक २० बर्षिय युवतीको मृत्यु भएसगै व्यास नगरपालिकामा थप त्रास सिर्जना हुन पुगेको हो । कोरोनाका कारण एक पछि अर्को ज्यान घटना दोहोरिनु अत्यन्त डर लाग्दो पक्ष हो । तसर्थ व्यास नगरपालिका क्षेत्र भित्र कोरोनाका कारण थप मानवीय हुन नदिन नगरपालिका देखि नगरबासीहरु विशेष सर्तकता अपनाउनु जरुरी देखिन्छ । अन्यथा सोच्दै नसोचेको मानवीय क्षति हुने सम्भावना बढी देखिन्छ ।

हुन त यस अगाडि कोरोनाका कारण मानवीय क्षति तथा संक्रमितको संख्या बढेसगै नगरपालिकाले नगर क्षेत्र भित्र लक डाउन लगायत सर्तकताका विषयमा विशेष ध्यान पुर्याएको थियो । सायद, आगामी दिनमा समेत नगरपालिकाले यस विषयमा अवश्य पनि ध्यान पुर्याउने छ । खासगरी व्यास नगरपालिकाको हकमा भन्ने हो भने भानु नगरपालिकाको जस्तो विकराल अवस्था छैन । लक डाउन लगायत सर्तकता अपनाएको खण्डमा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलनबाट रोक्न सक्ने अवस्था देखिन्छ । त्यसैले व्यास नगरबासीले लक डाउनलाई पूर्ण पालना गर्ने देखि सर्तकता अपनाउने विषयमा विशेष ध्यान दिनु जरुरी छ । अन्यथा पछि पछुताउनु सिवाय अरु केही हुने छैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s