दमौली, १८ भाद्र । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नामको फेसबुक पेजबाट विहिबार स्वर्गीय राजा विरेन्द्र र पूर्व राजा ज्ञानेन्द्र सहितको सार्वजनिक भएको छ ।
स्वर्गीय राजा विरेन्द्र र पूर्व राजा ज्ञानेन्द्र सहितको फोटो गरिएको सो फेसबुक पेजमा —“पृथ्वीनारायण शाहको होस् या लखन थापाको आफ्नै अलग पहिचान छ !पहिचानका नाममा इतिहास मेटाउन नहुने काम गर्नु हुँदैन ।” भन्ने स्टयाटस समेत लेखिएको छ । वरिष्ठ नेता पौडेलको नामको फेसबुक पेजमा उक्त सामाग्री पोष्ट भएसगै राजनीतिक वृतमा निकै तरङ उत्पन्न हुन पुगेकाेे छ। यस विषयमा वरिष्ठ नेता पौडेलसंग सम्र्पक गर्र्दा उक्त तस्बिर आफू सभामुख भएको बेलाकाे भएको बताएका थिए । खै क—कस्ले राखि दियो थाहा भएन वरिष्ठ नेता पौडेलले भने । तर फेसबुक पेज हेर्दा आधिकारिक पेज नै जस्तो अनुमान लगाउन सकिन्छ । उक्त स्ट्याटस पौडेल आफैले राखेका हुन् कि फेसबुक ह्याक भए को हो यतिबेला वहसको विषय बन्न पुगेको छ ।
