हाईप्रोपाइलका व्यक्तिहरुबाट संक्रमणको खतरा

कोरोनाको कहर यतिबेला चौतर्फी रुपमा रहेको छ । विश्व व्यापी रुपमा हेर्ने हो भने राजपरिवारका सदस्य देखि देशका प्रधानमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधी, उच्च सरकारी अधिकारी देखि विभिन्न क्षेत्रका व्यक्तिहरुको कोरोनाका संक्रमणमा परेका छन् । यहाँसम्मकी कोरोनाका कारण कतिपयले गुमाएको अवस्था छ । छिमेकी मुलुक भारतकै हकमा हेर्ने हो भारतीय पूर्व राष्ट्रपति प्रणव मुर्खजी (सोमबार निधन) देखि भारतीय गृहमन्त्री अमित शाह, अनि वलिउडका महानायक अमिताभ बच्चन समेत कोरोनाको संक्रमण परेका थिए । त्यस्तै भारतमा प्रान्तका मन्त्रीको कोरोनाका कारण ज्यान गएका दुःखद खबरहरु सञ्चार माध्यममा सार्वजनिक भएका थिए । छिमेकी मुलुक भारतमा मात्र होइन हाम्रै मुलुकमा समेत उच्च तहका व्यक्तिहरु समेत उच्च जोखिममा परेका समाचारहरु बाहिर आईरहेका छन् । यसक्रममा पूर्वप्रधानमन्त्रीका पिएसओहरुमा कोरोनाको संक्रमण भएको पुष्टी भएको थियो भने मन्त्रिमण्डलका सदस्यहरु समेत आइसोलेसनमा बसेका समाचारहरु बाहिरिएका थिए । तर अहिले उच्च तहका व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टी भने भई सकेको अवस्था छैन । यद्यपी नेपालमै प्रदेशका मन्त्री र सांसदहरुलाई कोरोनाको संक्रमण भने भईसकेको अवस्था छ ।

जुन हिसाबले उच्च तहका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको छ । तिनिहरुबाट थप कोरोनाको संक्रमण फैलने बढी सम्भावना देखिन थालेको छ । तसर्थ उच्च तहका व्यक्तिहरुले भेटघाट देखि बैठकमा जाँदा विशेष सर्तकता अपनाउनु पर्ने देखिन्छ । अन्यथा उच्च तहका व्यक्तिहरुबाट कोरोनाको संक्रमण फैलने क्रममा झन जारी रहने छ । जिल्ला तहकै हकमा पनि स्थानीय तहका जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीको बढी व्यक्तिहरु संग भेटघाट हुने गरेको पाइन्छ । जिल्ला तहमा कोरोनाको संक्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीले समेत सर्तकता अपनाउनु जरुरी देखिन्छ । हेरौं, यस तर्फ अवश्य पनि जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीहरुको अवश्य ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s