भानुमा १० दिन लक डाउन थपियो २२ जनामा कोरोनाको संक्रमण

दमौली ,१५ भदौ ।
भानु नगरपालिकामा लक डाउन १० दिन थपिएको छ ।
नगर क्षेत्र भित्र कोरोनाको सङक्रण थपिए सङगै लक डाउन थपिएको हो । भानु नगरपालिकाद्वारा जारी विज्ञप्तिमा मा उल्लेख्य भए अनुसार लक डाउन भदौ २५ गते सम्म जारी रहनेछ ।
यसैबीच आइतबार भानु नगरपालिकामा २२ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार वडा नं ६ मा ९ जना कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिनेहरुमा ९, ४०, २३, ४० ५१, ६८,३८ र ६२ बर्ष उमेरका पुरुष रहेका छन् ।
त्यस्तै वडा नं ७ का ३२,४६, ३६, ६०, ५६, ३६, ५५, ६०, २७, ३८ बर्षका १० जना पुरुषमा कोरोनाका संक्रमण देखिएको छ । त्यसैगरी वडा नं ३ का ८, ५४ र २५ बर्षका महिलामा समेत कोरोनाको संक्रमण देखिएको छ । भानुमा हालसम्म ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १२ जना महिला र ५४ जना पुरुष रहेका छन् ।त्यसैगरी तनहुँमा हाल सम्म २ सय ७५ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s