व्यासमा लक डाउन खुल्यो , म्याग्देमा भदौ १७ गते सम्म थपियो

दमौली , १२ भदौ । व्यास नगरपालिकामा लक डाउन खुलेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले जारी लक डाउन भोलि देखि खोल्ने निर्णय गरेको हो ।

बैठकल बिहान ८ बजे देखि साँझ ६ बजेसम्म लक डाउन खोल्ने निर्णय गरेको छ । तर सार्वजनिक यातायातका सवारी साधन , जिमखाना ,व्यूटी पार्लर र कपाल काट्ने व्यवसायहरु बन्द नै रहने भएका छन् ।बैठकमा उपप्रमुख मिरा जोशी , सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल , व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल , नेपाली काग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारी , नेकपाका मंगलप्रसाद श्रेष्ठ , तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ राकु लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी म्याग्दे गाउँपालिकामा भने कोरोनाका संक्रमितहरुको संख्या बढेसगै लक डाउनको अवधि थपिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार भदौ १७ गते सम्मका लागि लक डाउनका म्याद थपिएको छ ।अत्यावश्यक सेवा भने सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s