नेकपाले आरोप लगाए जस्तै २५ बर्षको अवधिमा तनहुँमा काग्रेसले केही नगरे कै हो त ?

डम्बर अधिकारी


कोरोना संक्रमण रोकथाम ,नियन्त्रण तथा उपचारका लागि कोरोना, संक्रमण ,रोकथाम ,नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भाद्र २ गते बसेको बैठकले सातवटै प्रदेशका १४ वटा अस्पतालमा ४ भेन्टिलेटर सहित आइसियु निर्माण गर्न २÷२ करोड निकास गर्ने निर्णय गरेको थियो । सोही निर्णय सगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तनहुँको सदरमुकाम स्थित दमौली अस्पतालका लागि समेत २ करोड रकम निकासा गर्ने पत्राचार गरेको थियो ।

प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यालये पत्राचार गरेका ठिक एक साता पछि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा दमौली अस्पतालमा ४ भेन्टिलेटर सहित आईसियु निर्माण गर्न २ करोड रकम निकासा भएको भन्दै सामाजिक सञ्जालमा ढोल पिटाईयो । शिक्षा ,स्वास्थ्य र विकास निर्माणका हिसाबमा तनहुँ जिल्ला अग्र स्थान मध्येमा पर्ने पर्दछ । तनहुँ जस्तो जिल्लाको सदरमुकामको अस्पतालमा आज सम्म भेन्टिलेटर सहित आईसियु नहुँदा यस क्षेत्रका सर्वसाधारणलाई अलि आइसियुमा राख्नु पर्दा पोखरा ,चितवन र राजधानी पुरयाई हाल्नुपर्ने अवस्था थियो । त्यसमा पनि यो कोरोनाको संक्रमणमा त निकै समस्या सिर्जना भएको थियो । सायद त्यसैलाई मध्यनजर गर्दै कोरोना, संक्रमण ,रोकथाम ,नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भाद्र २ गते बसेको बैठकले दमौली अस्पतालमा पनि ४ भेन्टिलेटर सहित आइसियु निर्माण गर्न २ करोड रकम विनियोजन गरेको हुनुपर्दछ । तर समितिको उक्त निर्णय क्षेत्र नं १ का सांसद श्रेष्ठ र राष्ट्रिय सभा सदस्यबाट भएको हो भनेर जुन ढोल पिटाउने काम भएको छ त्यसमा कुनै तुक छैन ।किनकि दमौली अस्पतालमा ४ भेन्टिलेटर सहित आइसियु निर्माण गर्न निकासा गरिएको २ करोड रकम सरकारको नीतिगत निर्णय अनुसार गरिएको हो ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद श्रेष्ठले बजेट पारेको विषयमा सामाजिक सञ्जालमा ढोल पिटाईएको यो पहिलो पटक होइन । यो भन्दा पनि अगाडि पनि थुप्रै पटक ढोल पिटाईएको थियो । तर उपलब्धी भने हातमा लाग्यो शून्य भन्ने जस्तै छ । ढोल पिट्ने क्रममा क्षेत्र नं १ का मात्र होइनन क्षेत्र नं २ का सांसद केदार सिग्देल समेत अछुतो देखिएनन । उनले समेत पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक खण्डका लागि ४ अर्ब ३७ करोड २० लाख रुपैयाँ आफूले पारेको भन्दै सार्वजनिक गरेका छन् । जबकि मुग्लिङ–पोखरा सडक खण्डका लागि बजेट विनियोजन गर्ने विषयमा विश्व बैंकसंग विगतका सरकारका पालामा नै प्रक्रिया अगाडि बढाएको थियो । यतिखेर सामाजिक सञ्जालमा हेर्ने हो भने नेकपा सांसद र कार्यकर्ता काग्रेसले २५ बर्षको अवधिमा तनहुँमा केही गरेन हरेक दिन जसो आलोचना गर्ने गरेका छन । त्यतिमात्र होइन २०७४ को निर्वाचन जितेपछि आफूहरुले जिल्लामा कायपलट गरेको दावी नेकपाका नेता तथा कार्यकर्ताको रहेको छ । त्यसमा पनि क्षेत्र नं १ को त कुरै नगरौं । यो तीन बर्षको अवधिमा काग्रेसले २५ बर्षको अवधिमा गरेको भन्दा दोब्बर विकास गरेको दावी नेकपाका नेताहरुको रहेको छ । तर नेकपाका नेता तथा कार्यकर्ताले दावी गरे जस्तो कायपलट तनहुँ जिल्लामा कहाँ भएको छ भनेर तनहुँ जिल्लाबासी नै रनभुल्लमा परिरहेका छन् । यसो भन्दै गर्दा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको क्षेत्रमा भएको विकासलाई भने नकार्न सकिदैन । किनकि मन्त्री गुरुङको क्षेत्रमा भएको विकास निर्माण कार्यलाई त्यस क्षेत्रका बासिन्दाहरुले खुलेरै प्रशंसा गरेको सुन्न पाइन्छ ।


काग्रेसको पालामा तनहुँमा केही नभएकै हो त ?

२०४६ सालको परिवर्तन पछिको २५ बर्षमा तनहुँमा काग्रेसले केही गरेन भन्नेहरुलाई पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा लिइने बुद्ध सिं मार्ग ,दक्षिण भेगको मेरुदण्डको रुपमा रहेको श्रृङ पथ ,व्यास मार्ग ,डुम्रे चन्द्रवती मार्ग, दमौली केशवटार मार्ग देखि जिल्ला भित्रका दर्जनौ सडक मार्गहरुमा कस्को पालामा बनेको हो भनेर हेक्का हुनु नै पर्ने नै हो । त्यस्तै मरस्याङदीमा आधा दर्जनको हाराहारीमा निर्माणधीन मोटर गुड्ने पक्की पुल , दक्षिण भेगलाई जोड्ने सेतीनदी माथि निर्माण गरिएको मोटर गुड्ने पुल र झोलुङगे पुल के ४६ साल अगाडि नै बनेका हुन ? त्यस्तै यतिबेला जिल्लाका विभिन्न गाउँबस्ती विद्युत्तीकरणका कारण यतिबेला झलमल भएका छन् के त्यो ४६ पनि साल अगाडि नै भएका हो र ? अनि गाउँ बस्तीमा सर्वसाधारणले यतिखेर टेलिफोन र इन्टरनेटको सुविधा प्रयोग गरिरहेका छन् के त्यो काग्रेसको पालामा बनेका होइनन् ? त्यस्तै गाउँ –गाउँमा शिक्षा र स्वास्थ्य सेवा पुग्नुमा काग्रेसको कुनै योगदान नै छैन ? काग्रेसको पालामा तनहुँमा केही भएन भन्नेहरुलाई एउटा प्रश्न तनहुँ जलविद्युत्त आयोजना, जिपि कोइराला श्वास प्रश्वास केन्द्र स्थापना , दमौली अस्पतालको स्तोरोन्नोति , शैक्षिक तालिम केन्द्रको स्थापना , भानुभक्त प्राणी उद्यान लगायतका राष्ट्रिय गौरवका आयोजना कस्को पालामा भए आएका हुन् ?यसको जवाफ दिने आँट छ । त्यस्तै गाउँ –गाउँमा निर्माण सम्पन्न खानेपानी आयोजना २०४६ साल अगाडि नै बनेका थिए त ? त्यस्तै प्रसिद्ध धार्मिक स्थल वेदव्यासको जन्मभूमि दमौली , देवघाट र साहित्यिक तीर्थस्थल आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घाको विकासले मुर्तरुप लिन नसकेपनि आधार स्तम्भ निर्माण गर्ने काम काग्रेसकै पालामा थालनी भएको होइन भनेर भन्ने साहस कस्को छ ? हो यो बीचमा काग्रेसका नेताहरुबाट तनहुँको विकास निर्माणका हकमा केही त्रुटी भएका छन् ति त्रुटी भनेका हालका ग्राभेल सडकहरु कालो पत्रे हुन नसक्नु ।अनि झोलुङेपुल बनाएका ठाउँमा मोटर गुड्ने पुल निर्माण गर्न नसक्नु । त्यस्तै रोजगारीका अवसरका लागि उद्योग धन्दा कलकारखाना स्थापना र कृषिलाई आधुनिकीकरण गरी घर आँगनामा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्दथ्यो ।त्यसमा भने काग्रेसका नेताहरु चुकेकै हुन् । तर शिक्षा र प्रहरी सेवामा तनहुँबासीहरुले जुन अवसर प्राप्त गरे त्यो अवसर अन्यत्र जिल्लाका पाएका छन् कदापि पाएका छैनन ।अनि २५ बर्षको अवधिमा काग्रेसले केही गरेन भन्नेले केन्द्रमा २५ बर्षको अवधिमा काग्रेस के एक्लै सत्तामा बसेको थियो भनेर सोच्नु जरुरी छैन ।त्यतिमात्र होइन मुलुक सशस्त्र द्धन्द्धको चपेटमा पर्दा विकास निर्माणमा तनहुँले कति क्षति बेर्होनु परयो भनेर सोच्नु पर्दैन ? भएका कामले नदेख्ने अनि नभएका काम यो पनि भएन त्यो पनि भएन भनेर ढोल पिट्ने ? यो के राजनीतिक दलको असल चरित्र भित्र पर्दछ ? कदापि पर्दैन ।

तनहुँमा काग्रेसले केही गरेन भन्नेले के गरे त ?


यतिबेला तनहुँको संघीय तर्फ दुई र प्रदेश तर्फका ४ वटा निर्वाचन क्षेत्रमा नेकपाका सांसदहरु विजयी भएका छन् । उनीहरु निर्वाचित भएको पनि तीन बर्ष लागेको छ ।तर सांसद विकास कोषको रकम बाहेक अन्य त्यस्तो कुन गौरवका आयोजनाहरु तनहुँ जिल्लामा ल्याएका छन् । गौरवका आयोजना ल्याउनु त जिल्लामा भित्रिएका गौरवका आयोजनाका कामलाई अगाडि बढाउने भूमिका समेत निर्वाह गर्न सकेका छैनन । गरेका छन् त केवल सरकार नीतिगत निर्णय अनुसार विनियोजन गरिएका विकास निर्माणका आयोजनाहरुको सूची झिकाएर ….. माननीय ज्यूको पहलमा …..योजनामा ….बजेट परयो भनेर सामाजिक सञ्जालमा ढोल पिटाउने काम । कस्को पालामा कति काम भएको छ भनेर ढोल नपिटाउँदै नै उत्तम हुनेछ । कस्को पालामा कति काम भयो भनेर जनता स्वत स्पूर्mत रुपमा मूल्याङकन गर्न सक्षम भैसकेको अवस्था छ ।


अन्तमा , जिल्लाको विकास निर्माणको जिम्मा कुनै एक पार्टीले लिनु पर्छ भन्ने छैन । निर्वाचन नै नजिते पनि विकास निर्माण योजना ल्याउन प्रतिपक्षी पार्टीले समेत भूमिका निर्र्वाह गर्न सक्छ । तर निर्वाचनमा जुन पार्टीका जनप्रतिनिधीले जित्छन् जिल्लामा राष्ट्रिय गौरवका आयोजना देखि अन्य विकास निर्माणका योजनाहरु भित्र्याउन उनीहरुको बढी दायित्व रहन्छ । तनहुँको हकमा त्यो कत्तिको लागू भएको भईरहेको छ त्यो त तनहुँबासीले मूल्याङकन गरिरहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s