
दमौली, ११ भदौ । म्याग्दे गाउँपालिकामा ८ जना कोरोनाका संक्रमित थपिएका छन् ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए अनुसार एक जना प्रहरी सहित ७ जना सर्वसाधारणमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नागिलाका अनुसार कोरोना संक्रमित ६ जना भारतबाट आएका छन् । उनीहरु घरमा नै क्वारेन्टाइनमा नै बसेका थिए । त्यस्तै एक जना भने म्याग्दे ७ घर भई हाल व्यास ३ शान्तिनगरमा बस्ने व्यक्ति रहेका छन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिकाले यस अगाडि भदौ ११ गते सम्मका लागि लक डाउन गरेको थियो । संक्रमितको संख्या बढे सगै थप लक डाउनको सम्भावना देखिएको छ ।
